अन्नपुर्णमा ६ जना नेपाली महिलासहित ६७ जनाको सफल आरोहण
Koralapost बैशाख ६, २०७८ सोमबार

म्याग्दी, ६ चैत । अन्नपुर्ण हिमालको ६७ जनाले सफल आरोहण गरेर किर्तिमानी बनाएका छन् । म्याग्दीको अन्नपुर्ण गाउँपालिका – ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालमा बैशाख ३ गते पत्रकार पुर्णिमा श्रेष्ठसहित ६ जना नेपाली महिलासंगै ६७ जनाको टोलीले सफल आरोहण गरेका हुन् ।

पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा, माया शेर्पा, शर्मिला शेङताङ र डावुटी शेर्पासहित ६ जना महिलाले एकैदिन सफल आरोहण गरेका थिए । यस अघि अन्नपुर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन् ।

अन्नपुर्ण बेशक्यामबाट ६ दिनको यात्रासंगै अगष्ट १६ तारिक ( २०७७ बैशाख ३ गते ) मा चुचरोमा टोली पुगेको थियो । अगष्ट १६ तारिकमा ६ जना नेपाली महिलासंगै ६७ जनाले अन्नपुर्णको सफल आरोहण भएको टोलीमा सहभागि पेम्वा शेर्पाले जानकारी दिए ।

सेभेन समिट टे«कबाट १७ जनाको टोलीमा १५ जना सफल आरोहण गरेको छ । श्रेष्ठसहितको टोलीले बैशाख ३ गते शुक्रबार बिहान १ बजेर १५ मिनेट देखि १ बजेर ३० मिनेटमा अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिए । २०७७ बर्ष सबभन्दा बढी अन्नपुण हिमाल चढेको बर्ष रुपमा हुने शेपाले भने ।

श्रेष्ठका अनुसार, ” बेशक्यापदेखि ६ दिनको यात्रामा अन्नपुर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम टोलीले मोलेको थियो, खाना नपुग्ने, अक्सिजन, डोरी लगायतको समस्याहरु हेलिकप्टरबाट मगाएर सफल आरोहण गर्न टोली सफल भएका थियौ।”

सुन्दर ठाउँमा अवस्थित अन्नपुर्ण हिमालको बेशक्यापसम्म सरकार लगायतको लगानीमा होटल, सार्वजनिक ठाटी, टहरा, बनाउन शेर्पाले आग्रह गरेका छन् । फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले ७० बर्ष पहिल्य अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए।

तस्विरः पुर्णिमा श्रेष्ठको फेसबुकबाट साभार ।