अन्नपुर्णको सफल आरोही पुर्णिमा श्रेष्ठलाई सम्मान
Koralapost बैशाख ६, २०७८ सोमबार

        


म्याग्दी, ६ बैशाख । अन्नपुर्ण हिमालको सफल आरोहण गरेर किर्तिमानी बनाएकी पत्रकार पुुर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सम्मान गरिएको छ। म्याग्दीको अन्नुर्ण गाउँपालिका – ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लोअन्नपुर्ण हिमालको चुचरोमा पुग्ने पहिलो महिला पुुर्णिमा श्रेष्ठलाई अन्नपुर्ण गाउँपालिका, नारच्याङबासी र नेपाल पत्रकार महासंघ म्याग्दीले बेनीमा सम्मान गरेको हो । श्रेष्ठसहित पेम्वा शेर्पा, पोल्याण्डका यारोलाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्तममा श्रेष्ठले आत्मविश्वासले अन्नपुर्ण हिमालको चुचुरोमा पाईला राख्न सकेको बताईन । अन्नपुर्ण बेशक्यामबाट ६ दिनको यात्रासंगै अगष्ट १६ तारिक ( २०७७ बैशाख ३ गते ) मा चुचरोमा पुगेको बताईन । उनका अनुसार, शाहसले नै सफल आरोहण भएको अनुभव बाडिन्, पहिलो महिला पुगेको भन्दा पनि एउटा नेपाली युवा चुचुरोमा पुगेको अनुभव बुझन् आग्रह गरिन । यो सफल यात्रामा सहयोग गर्ने गण्डकी प्रदेश, अन्नपुर्ण गाउँपालिका लगायत टोलीलाई धन्यवाद दिएकी थिईन ।

अगष्ट १६ तारिकमा ६ जना नेपाली महिलासंगै ६७ जनाले अन्नपुर्ण हिमालको चुचुरोमा पुगेका छन् । यो बर्ष ६ जना नेपाली महिलाकासहित सबैभन्दा धेरैले चुचुरोमा पाईला पुगेको बर्षको रुपमा लिनुपर्ने आरोहणका मुख्य गाईडर पेम्वा शेर्पाले बताए । पेम्वा शेर्पा पनि पहिलो पटक अन्नपुर्ण हिमाल चढेका हुन् । सेभेन समिट टे«कबाट १७ जनाको टोलीमा १५ जना सफल आरोहण गरेको छ । श्रेष्ठसहितको टोलीले शुक्रबार अन्नपूर्ण हिमालको सफल आरोहण गर्दै किर्तिमानी बनाएकी हुन् । पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा, माया शेर्पा, शर्मिला शेङताङ र डावुटी शेर्पासहित ६ जना महिलाले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरि कीर्तिमान कायम गरेका छन् । उनीहरू सेभेन समिट ट्रेकिङ एजेन्सीबाट गएका थिए । शुक्रबार बिहान १ बजेर १५ मिनेट देखि १ बजेर ३० मिनेटमा अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले बताए । २०७७ बर्ष सबभन्दा बढी अन्नपुण हिमाल चढेको बर्ष रुपमा हुने शेपाले बताए ।

श्रेष्ठका अनुसार, ” बेशक्यापदेखि ६ दिनको यात्रामा अन्नपुर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम टोलीले मोलेको थियो, खाना नपुग्ने, अक्सिजन, डोरी लगायतको समस्याहरु हेलिकप्टरबाट मगाएर सफल आरोहण गर्न सफल भएका छौ ।”
सुन्दर ठाउँमा अवस्थित अन्नपुर्ण हिमालको बेशक्यापसम्म पुग्न सरकारको लगानीमा होटल, सार्वजनिक ठाटी, टहरा, भरियालाई खाने बस्ने बास बनाउन पेम्वा शेर्पाले आग्रह गरेका छन् । हिमालको क्षेत्रमा पुर्वाधार निर्माणमा सरकार जिम्मेवार बन्नुपर्छ, शेर्पाले भने । गोरखा आरूघाटकी श्रेष्ठले यसअघि सगरमाथाको सफल आरोहण गरिसकेकी छिन् ।

महासंघका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपुर्ण गाउँपालिका अध्यक्ष डमबहादुर गवुर्जाले शुभकामना मन्तव्य राख्दै निलगिरी जलविद्युत आयोजनाले सम्मान स्वरुपमा दिएको १ लाख रुपैया पुर्णिमा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तव्य रहेको कायक्रमको संचालन सचिव सन्तोष गौतमले गरेका थिए ।

फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले ७० बर्ष पहिल्य अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरेका थिए।