अजमान, २७ जुुन । नयाँ नेतृत्व चयन गर्ने उद्देश्यसहित म्याग्दी प्रवासी नेपाली संघ,(मोना) राष्ट्रिय कार्यसमिति युएईको आगामी जुलाई १३मा पाँचौ साधारण सभा तथा अधिवेशन एवम् सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
जुलाई १३ आईतबार रक नमस्ते अस्तेरिया होटलमा साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने छ ।
कार्यक्रममा कलाकार विमला श्रीषमगर, विकास विश्वकर्मा लगायत कलाकारको सांगितिक प्रस्तुती हुने छ ।
रोजगार तथा ब्यवसायको शिलशिलामा युएईको विभिन्न शहरमा रहेका म्याग्देलीहरुलाई अधिवेशनमा उपस्थित हुन मोना यूएईको अध्यक्ष सुवास राम्जालीले आग्रह गर्नुभएको छ।
संस्था आवद्ध भएपछि आपतविपतमा परेका म्याग्देलीलाई सहकार्यमार्फत सहयोग गर्न सकिन्छ । रोजगार लगायत अन्य शिलशिलामा यूएईमा छोराछोरी पठाउने बुबाआमा एवम् आफन्तले छोराछोरीलाई मोनामा आवद्ध गराउन सहयोग गर्नुपर्छ । मोनामा आवद्ध हुदाँ आपतविपतमा सहजीकरण गर्न सहयोग पुग्छ ।
पछिल्लो समय मोनामा आवद्ध नहुने, म्याग्देली दाजुभाईसंग सम्पर्क नरहने ब्यक्तिहरु समस्यामा पर्दा थाहा नहुने बढेको छ। यूएईमा हुनुहुने म्याग्देली दाजुभाई यथाशिग्र संस्थामा आवद्ध हुन मोना यूएईको कार्यसमितिको आग्रह छ ।