सरकारको ध्यान दुर्गम क्षेत्रको विकासमा छ : प्रधानमन्त्री ओली
काेराेला पोस्ट जेष्ठ २१, २०८२ मंगलबार

म्याग्दी, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान दुर्गम क्षेत्रको विकासमा रहेको बताए । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल सफल आरोहणको ७५ औँ बार्षिककोत्सव अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ आयोजित हीरक महोत्सवमा प्रधामन्त्री ओलीले दुर्गम क्षेत्रका जनताको आवश्यकतामा केन्द्रित भएर सरकारले काम गरेको बताएका हुन् ।

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाईमा आयोजित अन्नपूर्ण हीरक महोत्सवमा ओलीले असम्भवलाई सम्भवमा बदल्न मौरिज हर्जोगको योगदान महत्वपूर्ण रहेको बताए । “हर्जोगको असाधारण साहसले हिमाल आरोहण सफल भएपछी नेपालको पर्वताहोरणको ढोका खुलेको थियो, अन्नपूर्ण हिमालको आधार शिविरमा हर्जोगको शालीक निर्माणप्रति खुशी ब्यक्त गरे ।”

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोग, नाती इथेन हर्जोग लगायत फ्रान्सेली कलाकारहरुको उपस्थितप्रति धन्यवाद ब्यक्त गरे ।

हिमाल आरोहणमा नेपाली शेर्पा नभएको भए पवतारोहर्ण सम्भव नभएको भन्दै नेपाली शेर्पाको प्रशंसा हर्जोगले प्रकाशन गरेको पुस्तकमा रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

हिमाल आरोहरण जोखिमपूर्ण छ । यसलाई सहज र ब्यवस्थित पूर्वाधार बनाउन नेपाल सरकार लागि परेको छ। आरोहण जोखिमपूर्ण छैन् भन्ने प्रमाण हिमाल आरोहण गर्ने लस्करले देखाएको छ।

धौलागिरि, अन्नपूर्ण, निलगिरी हिमाल, अनौठो प्राकृतिक भूबनोट, कलासंस्कृति, धार्मिक क्षेत्रले, हिमालपारीको जिल्ला मुस्ताङको प्रवेशद्वारले म्याग्दीमा पर्यटनको आकर्षण बढेको उल्लेख गरे ।

यस क्षेत्रको पर्यटन पूर्वाधार, सडक स्तरोन्नती, कोरला नाकामा आवश्यक पूर्वाधार बनाउन सरकारले योजनाबद्ध रुपमा अघि बढाएको प्रधामनमन्त्री ओलीले उल्लेख गरे ।

कार्यक्रममा नेपाल सरकारका पर्यटन मन्त्री बद्रीप्राद पाण्डेले अन्नपूर्ण हिमालको आधार शिविरको प्रचारप्रसार र पर्यटन पूर्वाधारले पर्यटकको आगमन बढेकोप्रति खुशी ब्यक्त गरे ।