यूएईमा पाँचौ एन.बि.सि कप हुने
काेराेला पोस्ट जेष्ठ १०, २०८२ शुक्रबार

म्याग्दी, ८ जेठ । नेपाल ब्याडमिन्टन समूह यूएईको आयोजनामा शारजामा पाँचौ एनविसी ब्याडमिन्टन च्याम्पियनसिप कप २०२५ हुने भएको छ ।

स्वास्थ्यका लागि खेल भन्ने मूल नाराका साथ नेपाल ब्याडमिन्टन कम्युनिटी (एन.बि.सि) यूएईले आगामी जुन १ तारिक एस्ट्रा ब्याडमिन्टन स्टेडियम शारजामा आयोजना गरेको हो ।

प्रतियोगितामा ईलाईट, एडभान्स, ईन्टरमिडिटेड र विगिनर गरि चार तहमा प्रतिस्पर्धामा ३० देखि ३५ टिमको सहभागिता हुने छ। प्रतियोगितामा बिधामा प्रथम र दिप्तृय हुने टोलिलाई ट्रफी, मेडलसहित नगद पुरस्कारसहित सम्मान गरिने छ।

रोजगार र ब्यवसायको शिलशिलामा यूएईमा रहेका नेपाली ब्याडमिन्टन खेलाडिलाई प्रतियोगितामा सहभागि हुन नेपाल ब्याडमिन्टन समूह युएईका प्रतिनिधि दिपेश श्रेष्ठले आग्रह गर्नुभएको छ । यूएईमा रहेका नेपालीहरुमा एकता बढाउनु प्रतियोगिताको मूख्य उद्देश्य रहेको छ।