राखु भगवतीमा अध्यापन गराउने शिक्षकका छोराछोरी नीजि विद्यालयमा
काेराेला पोस्ट बैशाख २४, २०८२ बुधबार

म्याग्दी, २३ पुस । रघुगंगा गाउँपालिका २ राखु भगवतीस्थित रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले आफ्ना छोराछोरीलाइ नीजि विद्यालयमा पढाउँदै आएका छन् । गाउँपालिकाले जनप्रतिनिधि सरकारी शिक्षक र कर्मचारीले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने नीति भएपनि कार्यान्वयनको पाटोमा अनूगमन भएको देखिदैन् ।

सामुदायिक विद्यालयमा राज्यले ठूलो लगानी गरिरहेको भएपनि त्यो लगानी बालुवामा पानी हालेजस्तै भएको छ, भन्दा फरक नहोला । विद्यालयको भौतिक पूर्वाधार सुधार भएपनि विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको छ।

राखु भगवतीको सामुदायिक विद्यालयमा पढाउने शिक्षकका छोराछोरी निजी विद्यालयमा पढ्ने, जनप्रतिनिधिका छोराछोरी निजी विद्य्रालयमा पढ्ने, सरकारी कर्मचारीका छोराछोरी निजी विद्यालयमै पढिरहेका छन् । त्यति मात्र होइन, सामूदायिक विद्यालय सुधार गर्न समुदायले चयन गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र सदस्यका छोराछोरी पनि निजी विद्यालयमै पढ्ने गरेका छन् । यो घटना समाजमा यथावत छन् ।

छोराछोरी निजि विद्यालयमा छोडेर सामुदायिक विद्यालयमा पढाउने शिक्षक देखेर आर्थिक अवस्था कमजोर भएका परिवारले पनि बाध्य भएर आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन विवश छन् ।

यसले गर्दा मुक्तिधाम मावि, आधारभूत विद्यालय अन्तरगत सिद्दार्थ, अन्नपूर्ण, देउराली र धौलागिरी सामुदायिक विद्यालयको गुणस्तर बढोत्तरी हुनुभन्दा निरन्तर खस्किँदै जाने निश्चित छ । सरकारी विद्यालयका शिक्षकहरूले आफ्ना नानीहरूलाई नीजि विद्यालयमा पढ्न पढाउनु भनेको आफूले दिने शिक्षा प्रति अविश्वास हो ।

सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि सरकारी विद्यालयका शिक्षक, जनप्रतिनिधि, सरकारी कर्मचारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने व्यवस्थाका लागि जनप्रतिनिधि, प्रअ, शिक्षक विद्यालय ब्यवस्थापन समिति, अभिभावक र समुदायको अगुवाले यस विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।