यूएई,२७ जनवरी । स्याङ्जावासीहरुको साझा संस्था स्याङ्जा सहयोग समाज यूएईले १४ औं वार्षिक उत्सव मनाएको छ। रोजगार ब्यवसायको शिलशिलामा यूएईमा रहेका स्याङ्जाबासीलाई एकजुट गराउने उद्देश्यले १४ औँ वार्षिक उत्सवको अवसरमा रमाईलो वनभोज कार्यक्रम गरेको थियो ।
जनवरी २६ तारिक यूएईको मासाफी फुजुरामा स्याङ्जा समाजले रमाईलो वनभोज तथा भेटघाट कार्यक्रममा स्याङ्जाका करिव सातसय जनालाई उपस्थित गराएको थियो ।
संस्थाको १४ औँ बार्षिक उत्सवमा संस्थाका अध्यक्ष कलपित भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संरक्षक एकेन्द्रबहादुर थापा लगायत आईसीसी र एन्सीसीका पदाधीकारी र सदस्यहरुको उपस्थित रहेको थियो ।
