म्याग्दी, १८ पुस । रघुगंगा गाउँपालिका–२ स्थित सत्रौँ शताब्दीको राखु भगवती कोतमा नियमित पूजाको प्रबन्ध गर्न रु ९० लाखको अक्षयकोष स्थापना भएको छ । गत असोजको १७ गतेदेखि २३ गतेसम्म आयोजित महायज्ञबाट सङ्कलन भएको उक्त रकमबाट अक्षयकोष स्थापना भएको हो ।
महायज्ञबाट सङ्कलन भएको रु एक करोड १० लाखमध्ये रु १८ लाख ५० हजार खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए । बचत भएको बाकी रकम अक्षयकोषमा राखिएको छ।
मन्दिरमा पुजारीका साथै नियमित पूजाको प्रबन्ध गरिएको छ । म्याग्दीको यो प्रसिद्ध शक्तिपीठको पुरातत्व विभागले तीन वर्षअघि रु ६२ लाखको लागतमा पुनर्निर्माण गरेको हो ।