म्याग्दी १४ पुस । म्याग्दीका ६ वटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयन भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकामा तेस्रो पालिका स्तरीय सम्मेलन मार्फत नेतृत्व चयन गरिएको हो ।
गत मङ्सिर दोस्रो साता बसेको पार्टीको जिल्ला समन्वय समितिको बैठकको निर्णय अनुसार, जिल्लाको ६ वटै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।
सम्मेलनबाट बेनी नगरपालिकामा नगेन्द्र केसी, रघुगंगा गाउँपालिकामा भबिन्द्र शेरपुञ्जा, अन्नपूर्ण गाउँपालिकामा पूर्णबहादुर पाईजा, मंगला गाउँपालिकामा कुल प्रसाद पुन, मालिका गाउँपालिकामा अनुप गौचन र धवलागिरी गाउँपालिकामा रिमप्रकाश थापासहित पालिकामा कमिटी निर्वाचित भएको छ।