मोना यूएईको पहलमा घाईते छन्त्याल घर फर्किए
काेराेला पोस्ट कार्तिक २३, २०८१ शुक्रबार

युएई, २२ कात्तिक । रोजगारको शिलशिलामा युएईमा आएका म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीका देउबहादुर छन्त्याललाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको पहलमा घर पठाईएको छ।

विगत चारमहिनादेखि कम्पनीको काम छोडेर अलपत्र परेका छन्त्यालको खुट्टामा जटिल समस्या भएको अवस्थामा फेला परेका थिए । नयाँ कम्पनीमा काम पनि गर्न नसक्ने र खुट्टाको खम्भीर घाउँको उपचार यूएईमा सम्भव नहुनेभएपछि मोना यूएईको पहलमा टिकट खर्चको ब्यवस्थापन गरी बुधबार उहाँलाई नेपाल पठाईएको मोना यूएईका महासचिव काजीमान बुढाथोकीले बताउनुभयो ।

‘छन्त्यालले कम्पनी छोडेको केही समयमा खुट्टामा घाउ भएको थियो । आर्थिक अभाव भएपछी खुट्टाको उपचार गराउन नसक्दा घाउमा ईन्फेक्सन भएर खुट्टा नै फाल्नुपर्ने अबस्थामा भेटिएका थिए’– महासचिव बुढाथोकीले भन्नुभयो । ‘नेपालमा पुगेर छिटो उपचार गराउनका लागि छन्त्याललाई रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्देलीहरुको आर्थिक सहयोगमा नेपाल पठाउने ब्यवस्थापन गरिएको थियो।’

छन्त्याललाई चाडै पठाउने तयारी भएपनि उपचारत कुवेटी अस्पतालमा शरिरमा अन्य जटिल समस्याले जोखिम मोल्न नसक्दा ढिलाई भएको थियो । अस्पतालमा कार्यरत म्याग्दीको बेनीनगरपालिका ४ सिंगा जन्मघर भएका छिस्वाङ्ग बस्ने सुमित शाहीको विशेष पहलमा उपचारसंगै २ लाख ८० हजार रुपैयामा अस्पतालामा लागेको खर्चमध्ये छुट गराएर नेपाल पठाउन सहयोग गर्नुभएको थियो ।

छन्त्यालको उपचारमा सहयोग गर्नुहुने सुमित शाही र आर्थिक सहयोग गर्नुहुने मोनामा आवद्ध म्याग्देली र एयरपोर्टसम्म पु¥याउन सहयोग गर्नुहुने सबैलाई मोना यूएईको तर्फबाट बरिष्ठ उपाध्यक्ष किरन खत्रीले आभार ब्यक्त गर्नुभएको छ। नेपाल फर्कनुभएका उहाँलाई परिवारले उपचार गर्न अस्पताल लगिसकेका छन् ।