मोना यूएईको तीज विशेष कार्यक्रम सम्पन्न
काेराेला पोस्ट भाद्र ९, २०८१ आईतबार

यूएई, ९ भदौ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएईले रमाईलो तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ।

विगतका बर्षझै मोना युएईले बरदुवईस्थित सोले रेष्टुरेण्टमा रोजगार र ब्यवसायको शिलशिलामा प्रवासमा रहेका म्याग्देली महिलाहरुलाई उपस्थित गराएर नेपाली परिकारको खाना र नेपाली मौलिक तीज गितमा नाचगान गराएको थियो ।

मोना यूएईको अध्यक्ष सुवास राम्जालीको अध्यक्षतमा भएको कार्यक्रममा मोना अन्तराष्ट्रिय कार्यसमितिका उपाध्यक्ष नन्द पुनले नेपालीहरुको पुरानो संस्कृतिलाई प्रदेशमा पनि निरन्तरता पाएको देख्दा खुशी लागेको बताउँदै आगामी बर्षपनि निरन्तरता दिन मोना युएईलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा मोना युएईको संरक्षक प्रकाश कार्कीले प्रवासमा रहेका म्याग्देली दाजुभाई तथा दिदिबहिनीलाई मोनामा आवद्ध गराएर संस्थालाई बलियो बनाएर अघि बढ्न आग्रह गर्नुभएको थियो ।

पर्वत सेवा समाज यूएईका अध्यक्ष तिलक सापकोटाले प्रवासमा रहेका म्याग्दी र पर्वतका अन्तराष्ट्रिय संघसंस्थाले सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यसमितिका महासचिव बुढाथोकीले संचालन गरेको कार्यक्रममा संयोजक तथा उपाध्यक्ष यामकुमारी रोकाको स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा माया पुनले स्वागत थाली नृत्य प्रस्तुत गर्नुभएको थियो ।