म्याग्दी ३ बैशाख । म्याग्दीमा एक हजार चार सय हेक्टर क्षेत्रफलको वनमा डढेलो लागेको छ। लामो समयसम्म पानी नपरेपछि निम्तिएको खडेरीसँगै ५५ वटा सामुदायिक बनमा डढेलो लागेको हो ।
सामुदायिक वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत सन्तोष खनालले बताए । उनका अनुसार, जिल्लामा रहेको १ लाख हेक्टर वनमध्ये १ हजार चारसय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । ३ सय १२ सामुदायिक बनमध्ये ५५ वटा वनमा डढेलोले नष्ट गरेको छ। धार्मिक बन र कब्युलियती बनमा र राष्ट्रिय बनमा आगोलागिको तथ्यांक नआएको बताए।
यस आर्थिक बर्षको कात्तिकदेखि चैतमसान्तसम्म आगोलागि सो क्षति भएको हो । पछिल्लो समय सामुदायिक बनमा आगोलागिले मानविय क्षेती नभएपनि जडिबुटी, बन्यजन्तुको बासस्थान मासिएको डिभिजनल बन अधिकृत खनालले बताए । डढेलोले धुवा र खडेरीका कारण धुलोले तुवालो बढेर मानविय स्वास्थ्यमा असर गरेको छ ।
राम्रो घाँस पलाउने गलत बुझाइका कारण गोठालाले वनमा डढेलो लगाउने गर्छन् । वन्यजन्तुको चोरी शिकारी गर्ने समूहले पनि वनमा आगो लगाउने गरेको कार्यालयले जनाएको छ । डढेलोका कारण वन्यजन्तु र पक्षीको बासस्थान नष्ट भएको छ । कतिपय वन्यजन्तु र पक्षीले डढेलोमा ज्यान गुमाएका छन् । जडीबुटी र स–साना बिरुवा आगोले जलेर नष्ट भएको छ ।
जिल्लामा करीब पाँच हेक्टर कबुलियत, धार्मिक र निजी वन छ। गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । जलवायु परिवर्तन हुनु र लामो समय खडेरी पर्दा सुक्खा भई धेरै आगलागी हुने गरेको खनालको भनाइ छ । आगोलागि नियन्त्रणमा सूचना अनुसार कर्मचारी, सुरक्षाकर्मी र उपभोक्ता समिति खटिएका छौ । पछिल्लो समय डढेलो नियन्त्रणमा स्थानीयले साचो कम देखाएका छन् । आगोलागि गर्ने ब्यक्ति अहिल्यसम्म पहिचान भएको छैन् । डढेलो लगाउनेलाई ३ बर्षसम्म कैद सजाय र ६० हजार रुपैयाँसम्म जरिवाना रहेको छ।
विहिबार बेलुका पानी परेको कारण आगोलागि नियन्त्रण तथा तुवालोले भरिएको बायुको प्रदुषण कम भएको छ।