म्याग्दी, २९ कात्तिक । म्याग्दीको पर्यटकीयस्थल बेलढुङ्गाबाट देखिएको सुन्दर धौलागिरि हिमाल । मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने बेनी नगरपालिका–३ बेलढुङ्गामा पछिल्लो समय पर्यटन पूर्वाधार निर्माणले प्राकृतिक दृष्यमा रमाउन पुग्ने पर्यटकलाई सहज बनाएको छ ।
संसारको सातौँ अग्लो (आठ हजार १६७ मिटर) धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका वडानम्वर ४ मा पर्छ ।
एकदम राम्रो सुर्योदय, पूर्वी रुकुमको चुरेन हिमालदेखि गोर्खाको मनास्लु हिमालसम्म अवलोकन गर्न यहाँबाट पाउने भकिम्ली मुसुङका स्थानीयबासी पृथीबहादुर पुनले बताउनुभयो ।
यहाँबाट चुरेन, गुर्जा, धौलागिरी, मानामाथि, निलगिरी साउथ, निलगिरी नर्थ, अन्नपूर्ण प्रथम, तिलिचोपिक, बराहशिखर, माछापुच्छे, गंगापूर्ण, लमजुङ हिमाल, मनास्लु हिमाल लगायतका साना ठुला हिमालका चुचुराको अवलोकन पाईन्छ ।