cheap nhl jerseys
पत्रकार महासंघ म्याग्दीको नेतृत्वमा दुई समुहको उम्मेद्वारी दर्ता « Koralapost
पत्रकार महासंघ म्याग्दीको नेतृत्वमा दुई समुहको उम्मेद्वारी दर्ता
Koralapost चैत्र २२, २०७७ आईतबार

म्याग्दी, २२ चैत । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको नेतृत्वमा दुई समुहको उम्मेद्वारी दर्ता भएको छ । पत्रकार महासंघ म्याग्दीको नयाँ नेतृत्व चयनका लागि आसन्न चैत २५ गते हुने चुनावका लागि आईतबार दुई समुहले उम्मेद्वारी दर्ता गराएका हुन् ।

छैटौँ अधिबेशनबाट नयाँ नेतृत्व चयनका लागि जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आईतबार पत्रकार ठाकुप्रसाद आचार्य समुह र प्रकाश पौडेलको समुहले उम्मेद्वारी दर्ता गराएको निर्वाचन कार्यालयका संयोजक प्रेमबहादुर कार्की (दिपक) ले बताए ।
आचार्य समुहबाट उपाध्यक्षमा हरिकृष्ण गौतम, महिला उपाध्यक्षमा रेखा रेग्मी, सचिवमा सन्तोष गौतम सह–सचिवमा धिरनबहादुर खत्री, समावेशी सह–सचिवमा साधन घर्ति (राम्जाली) कोषाध्यक्षमा राकेश शर्माको उम्मेद्वारी दर्ता भएको छ ।

त्यस्तै पौडेल समुहबाट उपाध्यक्षमा गोरखनाथ सुवेदी, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री, सचिवमा प्रताप बानियाँ, सह–सचिवमा प्रमोद शर्मा, समावेशी सहसचिवमा धनबहादुर (समिर) रोकामगर, कोषाध्यक्षमा अमित विश्वकर्माको प्रतिस्पर्धामा उम्मेद्वारी दर्ता छ ।

आचार्यको समुहबाट सदस्यमा कमल खत्री, सन्दीप खत्री, साजन नेपाली, अनिल पौडेल, गणेश गुरुङ, जेनिशा पुरी, पदम विश्वकर्मा, हिमबहादुर छन्त्यालको उम्मेद्वारी दर्ता छ । त्यस्तै केन्द्रिय परिषद सदस्य पदको लागि धुव्रसागर शर्मा र सविता बानियाँ, प्रदेश परिषद सदस्य पदका लागि विक्रम बोकटी र निर्मल खत्री उम्मेद्वारी दर्ता भएको छ ।

पौडेललको प्यानलबाट सदस्यमा कृष्ण जिसी, अमृत बास्कुने, ममता बराईली, नजरानासिहँ ठकुरी, प्रतिक्षा खत्री सिजन रोका, शिव बोहोरा, सन्दिप शर्मा रिजाल प्रतिस्पधी उम्मेद्वारी दर्ता गराएका हुन् । त्यस्तै केन्द्रिय परिषद सदस्य पदका लागि घनश्याम खड्का र तारानाथ शर्मा, प्रदेश परिषद सदस्य पदका लागि अमर बानियाँ, देवीप्रसाद शर्मा, प्रकाश पौडेल र रामचन्द्र गौतमको उम्मेद्वारी दर्ता भएको छ ।

त्यस्तै महासंघको पदाधिकारीमा स्वतन्त्रबाट जनजाती सदस्यमा सुर्दशनकुमार श्रेष्ठ र खुल्ला सदस्यमा प्रकाश रेग्मीले उम्मेद्वारी दर्ता गराएका छन् ।

अध्यक्ष पदका उम्मेद्वार आचार्य गोरखापत्र दैनिकका म्याग्दीका संवाददातासंगै नवविकल्प साप्ताहिक पत्रिका र विकल्प न्युज डटकमका प्रकाशक हुन् भने पौडेल धौलागिरी टेलिभिजनमा कार्यरत पत्रकार हुन् । आचार्य दुई कार्यकाल महासंघको उपाध्यक्षमा रहेर काम गरिसकेका छन् ।