राखु भगवती, १७ असोज । विगतका बर्षझैँ यसबर्ष पनि म्याग्दीको रघुगंगा गाउँपलिका वडानम्वर २ राखु मैदानमा बडा दशै मेला आयोजना गरिएको छ । विजय दशमीको शुभ उपलक्ष्यमा भगवती युवा क्लवले कात्तिक ८ गतेदखि १६ गतेसम्म प्रतियोगिता आयोजना गरेको हो ।
मैदानमा आयोजना गरेको प्रतियोगितामा प्रौढ भलिबल, बाल बास्केबल, पुरुष भलिबल, महिला भलिबव, म्युजिकल चियर र नौमती बाजामा एकल नृत्य प्रतियोगिता राखेको छ ।

प्रतियोगितामा हुने वडास्तरीय पुरुष भलिबल विजेता र उपविजेताले एक लाख पाँच हजार ५५५ र ६० हजार रुपैयाँ जित्ने छन । प्रौढ भलिवलमा ७० हजार र ४० हजार, बास्केटबलमा ८० हजार र ४५ हजार रुपैयाँ, बाल बास्केटबलमा र महिला भलिबलमा क्रमश: ३० हजार २० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्रले सम्मान गरिने खेलकुद अध्यक्ष सुलभ मल्लले जानकारी दिनुभयो । प्रतियोगिता संघीय संरचना अनुसार वडास्तरीय हुने छ ।
प्रतियोगितालाई सफल बनाउन आर्थिक, भौतिक र नैतिक सहयोग गर्न राखुबासी दाजुभाई दिदिबहिनीलाई मेला आयोजक अध्यक्ष सरोज मल्लले आग्रह गर्नुभएको छ ।


