cheap nhl jerseys
बेग र बादुकको भूमे पुजामा साँस्कृतिक प्रर्दशन « Koralapost
बेग र बादुकको भूमे पुजामा साँस्कृतिक प्रर्दशन
Koralapost चैत्र २०, २०७७ शुक्रबार

म्याग्दी, २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेग र बादुकमा भूमे पुजाको अवसरमा आफ्नो मौलिक कलासस्कृति प्रर्दशन गरिएको छ । स्थानीयले परम्परागत भूमे, मण्डली, मनीसिद्ध, मनीभारा लगायतको देउतालाई पुजा गर्दै मौलिक कलासस्कृति देखाएका हुन् ।

पुर्खा देखिनै मगर समुदायले रागो, बोकाँ र कुखुराको बली दिदै भुमेलाई मान्दै आएको भुमे पुजा ब्यवस्थापन समिति बेगका अध्यक्ष खुमबहादु पुर्जाले बताए । उनले बर्षको एकचोटी गाउँमा बाली राम्रो होस, पानी समयमै परोस, प्राकृतिक विपद नहोस भन्ने कामनाका साथ भूमे पुजा गर्दै आएको अध्यक्ष पुर्जाले जानकारी दिए ।

समाजमा सामाजिक सद्भाव आपसी सहकार्य, मेलमिलाप संगै दैविय शक्तिको पुकार गर्दै भुमे पुजालाई उत्सवको रुपमा मनाउने गरिएको बादुकका समाजसेवी लालबहादुर पुर्जाले बताए । उनका अनुसार, हरेक घरधुरीबाट मनोकाँक्षा पुरा हुने विश्वासका साथ भाकलस्वरुप बलिदिने चलन समेत रहेको छ । पुजासंगै भुमेलाई खुशी बनाउन आफ्नो भेषभुषसहित पुख्यौली नृत्य, पञ्चेबाजा र पुखौली नाच र मौलिक लोकभाका समेत प्रस्तुत गर्ने चलन रहदै आएको बादुकका युवा लोकेन गर्वुजाले बताए ।

प्रकृति पुजाको रुपमा हरेक बर्षको चैत महिनाको कुनै मंगलबार गरिने चलन रहेको वडा अध्यक्ष विलबहादुर फगामीले बताए । उनका अनुसार नेपालकै दोस्रो लामो पुल, बादुक जन्मिएका भिसी तुलबहादुर गर्वुजा, बेग र बादुकको पँुख्यौली कलासँस्कृतिलाई संरक्षण तथा प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने योजना रहेको वडाअध्यक्ष फगामीको योजना रहेको छ । उनले लामो पुल र बेग र बादुकको पुख्यौली कलासस्कृतिको लक्षित गरेर पदमार्ग निर्माण गरिएको र होमस्टे संचालन गर्ने योजना अघि बढेको जानकारी दिए ।