चिमखोला र कुईनेमंगलेमा सडक सुविधा
Koralapost चैत्र १६, २०७७ सोमबार


म्याग्दी, १६ चैत । रघुगंगा गाउँपालिका- ७ र ८ वडा चिमखोला र कुइँनेमंगलेमा सडक सुविधा पुगेको छ। दुइ हजार भन्दा बढी बसोबास रहेको चिमखोला र कुईनेमंगलेबासीलाई सडक सञ्जालले जोडिएपछि गाउँमा उत्पादन भएको आलु, सिमी, पशुजन्य लगायतको उत्पादनलाई निर्यात गर्न सहज भएको चिमखोलाका ओम पुनले बताए ।

हिउदँको समयमा सदरमुकाम बेनीबाट पिप्ले, भगवती बेगको धुरी हुदै ४ घण्टा आउनुपर्ने बाध्यता हटेको अमर माविका सहायक प्रअ गमप्रसाद थापाले बताए । अक्करे भिर छिचोलेर आएको सडक विद्यालयको पुर्वाधार निर्माण लागि सामाग्री ल्याउन सहज भएको छ उनले भने । “पहिल्य मान्छेलाई घुमेर आउदाँ १ हजार भाडा तिनुपर्ने समस्या थियो, अहिल्य २ घण्टाबाट छोटिएर ५ सय भाडामा आएको छ।” अहिले अजिङ्गर भिरमा सडक निर्माण भएपछि बेनी-मौवाफाँट-दग्नाम-दरमिजा- चिमखोला-घ्याँसीखर्क सडक जम्मा करिब २८ किलोमिटरमै छोटिएको छ । खाद्यान्न लगायतको दैनिक उपभोग्य सामाग्री लिन सहज हुदाँ चिमखोलाबासी खुशी भएका छन् ।

बाल्यकाल चिमखोलामा वित्याएका विरन पुनले पहिल्य भिर हात राखेर घास समातेर हिड्दै सदरमुकाम बेनी आउने जाने गरिन्थ्यो। भने अहिल्य सडक डबल सवारीसाधन आवातजावतले चिमखोलार कुईनेमंगले राहत मिलेको बताए । उनले संघ प्रदेश, गाउँपालिकासंगै निर्माणधिन जलविद्युत आयोजनालाई धन्यवाद दिएका थिए।

यस आर्थिक बर्षमा गाउँपालिकाको वडा नम्बर ४ को दरमिजा संगै वडा ७ चिमखोला, वडा ८ कुइनेमंगमा सडक पुगेको हो । गाउँपालिका र जलविद्युत निर्माण गर्ने तुँदी पावर कम्पनीको साझेदारीमा यस बर्ष अजिङ्गर भिरमा सडक निर्माण गरिएको हो । सदरमुकाम बेनीदेखि मौवाफाँट, दग्नाम हुँदै अजिङ्गर भिरमा पुगेर रोकिएको सडकको ट्याक निर्माणले करिब तीन बर्षको प्रयासपछि माघमा पूणर्ता पाएको हो । मानिस हिँड्न समेत डर लाग्ने अक्करे पहाड ‘अजिङ्गर भिर’ मा सडक निर्माण भएपछि एक हजार घरधुरी प्रत्येक्ष रुपमा लाभान्वित बनेका छन् ।

दैनिक रुपमा जिप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवत जावत गर्ने थालेसंगै दुर्गम बस्तीको रुपमा रहेका चिमखोला र कुइनेमंगले क्षेत्रका नागरिकले राहतको महसुस गरेको रघुगंगा-८ कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बताए ।

सिधा यातायातले जोडिएसंगै गाउँपालिकाको केन्द्र र सदरमुकाम आउन जान सहज भएको छ। बर्षौदेखि रोकिएको अजिङ्गर भिरको कडा चट्टान भएको पहाडमा गत बर्षदेखि सडक खन्ने काम सुरु भएको थियो । गत बर्ष विष्फोटक पदार्थको बन्दोबस्त मिलाउन ढिलाई भएको यस भिरमा यस बर्ष भने लक्ष्य अनुसार नै स्रोत, साधन र जनशक्ति जुटाएर भिरमा सडक निर्माण गरिएको दर्मिजाका स्थानीय युवा सुविन शेरपुञ्जाले बताए ।

वडा, गाउँपालिका र तुँदी पावर कम्पनीसंगै प्रदेश र संघिय सरकारको समेत सहकार्यले दुर्गम गाउँबस्तीमा सडक पुग्न सम्भव भएको शेरपुञ्जाले बताए । सडक खण्डमा संघ, प्रदेश र स्थानीय सरकार मार्फत गरि अहिलेसम्म करिब ३ करोड बढी बजेट खर्च भैसकेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । सडक सुविधापछि हाइड्रो, झोलुङ्गे पुल, बेलिव्रिज लगायतका विकास पुर्वाधारको सामाग्री लान सहज हुने देखिन्छ ।