चिमखोलामा खेलकुद मैदान
Koralapost चैत्र १२, २०७७ बिहीबार


म्याग्दी, १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाको धमाखुमा ब्यवस्थित संरचनासहितको खेलकुद मैदान निर्माण गरिएको छ। चिमखोलामा संघ, प्रदेश, गाउँपालिकाको बजेट र स्थानीयको जनश्रमदानबाट खेलकुद मैदान निर्माण गरिएको हो ।

यस आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित ब्यवस्थित खेलमैदान निर्माण गरेका हुन् । भुमे पुजाको अवसरमा मण्डली युवा क्लव चिमखोलाको आयोजना गरेको खेलकुद तथा सास्कृतिक कार्यक्रमको अवसरमा प्रतिनिनिधि सभाकी सदस्य एवम् पुर्व मन्त्री थममाया थापाले खेलमैदानको उद्घाटन गरेकी हुन् ।

ढलानसहितको खेलमैदानसंगै घेराबार, स्टेज, शौचालय र टहरा लगायतको पुर्वाधार संघ र प्रदेशका सांसद र स्थानीयहरुको सहयोग तथा जनश्रमदानबाट निर्माण भएको मण्डली युवा क्लवका सचिव भिम थापा मगरले जानकारी दिए । स्टेजसहितको खेलकुद मैदान निर्माणले बास्केटबल, भलिबल लगायतको खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्न सहज भएको क्लवका सचिव थापाले भने ।

यस आर्थिक बर्षमा रघुगंगा गाउँपालिकाले शौचालय तथा टहरा निर्माणमा ४ लाख ७५ हजार र स्थानीयको १ लाखको जनश्रमदानसहित ५ लाख ७५ हजारमा निर्माण गरिएको क्लवका सचिव थापाले जानकारी दिए ।

खेलमैदान निर्माण कार्यक्रममा स्थानीयले थाली र टोपा नाच, शर्मा जाले जुरे चल्ला लगायतको सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । वडा अध्यक्ष दुर्गाप्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायत स्थानीय समाजसेवीहरुको उपस्थित थियो ।

संघ र प्रदेश रगाउँपालिकाबाट बजेट विनियोजन, स्थानीयको जनश्रमदान र आर्थिक संकलनबाट ८ वटै वडामा बास्केटबल र भलिबल लगायतको कार्यक्रम गर्न मिल्ने ढलानसहितको पक्की खेलमैदान निर्माणा गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।