कम्युनिष्टसंग लड्ने आधार सिद्धान्तमा हो : बरिष्ठ नेता रामचन्द्र पौडेल
Koralapost चैत्र १, २०७७ आईतबार


म्याग्दी, १ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस कम्युनिष्टसंग लड्ने आधार सिद्धान्तमा मात्र रहेको बताएका छन् । काँग्रेसले जनतामाझँ नीति र सिद्धान्त र रणनीतिलाई ठिक रुपमा ब्यहारमा देखाएरमात्र सफल हुने उनले बताए । कम्युनिष्ट सरकार असफल भयो भन्दैमा जनताले काँग्रेसलाई जनताले भोट नदिने बताउदै आगामी दिनहरुमा जनतामाझँ लोकतन्त्र, समाजबाद र राष्ट्रियता जोगाउने प्रष्ट ऐजण्डा लिएमात्र अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति एवम् बरिष्ठ नेता डाक्टर भुपेन्द्रबहादुर खड्काको श्रद्धान्जली सभामा नेता पौडेलले काँग्रेस नयाँ सकारको लागि तयार हुनेपर्ने बताए । यसका लागि तत्काल माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बनाउने पहल काँग्रेस नेतृत्वले गर्नुपर्ने गनुपर्छ, उनले भने। “ नयाँ सरकारको नेतृत्व लिने अवसर काँग्रेसले घुमाउनु गलत हुदैन ।” उनले लोकतन्त्रमाथि प्रहार गर्दै संविधान विकटन गर्ने प्रधानमन्त्री ओलीको सरकार टिकाउन काँग्रेस नलाग्ने प्रष्ट पारे ।

सर्वोच्चको फैसलापछि देशमा नयाँ परिस्थिति आएकाले विकृत राजनीतिको अन्त्यका लागि पनि प्रधानमन्त्री ओलीको बर्हिगमन गर्न काँग्रेस छिटो अविश्वास प्रस्तावमा नेकपा केन्द्र र राजपासंग समन्वय गरेर अघि बढ्ने वातावरण काँग्रेसले बनाउनुपर्ने नेता पौडेलको भनाइ थियो । प्रधानमन्त्री ओलीलाई हटाउने अवसर एकचोटी सबैले गुमाएको बताउदै दोस्रो अवसरमा पनि हामी चुकौ भने लोकतन्त्रमाथि प्रहार भइराख्ने जिकिर गरे । काँग्रेसले नीति तथा रणनीति जनतामाझँ प्रष्ट राख्न नसक्दा यसको फाईदा कम्युनिष्टले लिएको बताए ।

संविधान बचेमात्र चुनावको अर्थ हुने बताउदै सत्तामा जाने भन्दा ब्यवस्था बचाउन काँग्रेसले सधै गलत कदमको विरोध गर्ने प्रतिवद्धता जनाए। देशमा दुई ठुला पाटी जनतामाझँ नीरन्तर असफल हुने आधार नेताहरुको आन्तरिक लडाईले भएको उनले भने । नेता नेताविच पदको लडाई गर्न भन्दा सिद्धान्तको लडाईमा मिलेर अघि बढ्न नेतालाई आग्रह गरेका थिए ।

म्याग्दीका सभापति खमविर गर्वुजाको अध्यक्षता उपसभापति माधवप्रसाद रेग्मीको स्वागत मन्तव्य र सहसचिव भरत रकालको संचालनमा भएको श्रद्धान्जली सभामा बोल्ने केन्द्र र जिल्ला तहका नेताहरुले खडकालाई बहुमुखी प्रतिभा भएको विचारशिल नेताको रुपमा चित्रण गरेका थिए ।