म्याग्दी, १८ जेठ । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा ध्रुव तिलिजा पुन सर्वसम्मत चयन हुनुभएको छ। विहिबार पोखरेवगरमा भएको वाईसिएलको पहिलो सम्मेलनबाट तिलिजा पुनको नेतृत्वमा १७ सदस्यीय कमिटि चयन गरिएको हो ।
सम्मेलनबाट कमिटिको उपाध्यक्षमा सुन्दर विक, सचिवमा रजिन वि.क, कोषाध्यक्षमा निशा विक रहेको कमिटि गठन गरिएको जिल्ला सचिव कृष्ण पौडेल शर्माले जानकारी दिनुभयो ।

कमिटिको सदस्यहरुमा निशान पाईजा, धिरज बरुवाल, कृष्ण पाईज पुन, नारायण बरुवाल, दलबहादुर तिलिजा, सुदिप विक, राजाराम बरुवाल, अजित गर्वुजा, होमबहादुर पुन, पुष्पक पाइजा, विमल पुन र राजकुमार सुनार रहेको गाउँपालिका कमिटि गठन गरिएको छ ।
पहिलो सम्मलेनलाई सम्वोधन गर्दै योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) म्याग्दीका अध्यक्ष सन्दिप खत्रीले वाईसियलमा आवद्ध युवाहरु एकताबद्ध भएर संघीयतालाई अनुसार पाटीको सिद्धान्त र ऐजण्डालाई संस्थागत गराउनमा ध्यान दिन संगठनमा आवद्ध युवाहरुलाई आग्रह गर्नुभएको थियो ।
उहाँले केन्द्रदेखि स्थानीय तहमा कानुन विपरित हुने क्रियाकलापमा खवरदारी भूमिका प्रस्तुत गराउनमा वाईसियलमा आवद्ध युवाहरुको भूमिका महत्वपूण हुने बताउनुभयो । वाईसियलका जिल्ला सचिव पौडेल र पाटीका आवद्ध अन्नपूर्णका नेताहरुको उपस्थित रहेको थियो । वाईसियल म्याग्दीले अन्नपूर्णसंगै, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकामा अघिवेशन सम्पन्न गरेको छ।