म्याग्दी, १ जेठ । चार पुस्तादेखि ब्यवसायिक रुपमा भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउँपालिका– २ साझपानीका नन्दबहादुर भण्डारीको गोठको इतिहास एकसय १० बर्ष भएको छ । महाविरले सुरु गरेको भेडागोठ रोहीतबहादुर, नन्दबहादुर हुदै रामकृष्ण भण्डारीको हातमा आईपुग्दा जिल्लाकै सबै भन्दा ठुलो भेडाबाख्रा गोठ बनाउन सफल भएका छन् । पशुको बृद्धि र विकासमा चाहिने आहार पु¥याउन कात्तिकमा बेशी झर्ने र जेठ असारको समयमा हिमाली क्षेत्रमा घुम्ती गोठलाई उकाल्ने गरिन्छ । तस्विर ः धीरन बहादुर खत्री ।