वाइसीएल बेनी नगर कमिटीको अध्यक्षमा नविन पौडेल
काेराेला पोस्ट बैशाख २३, २०८० शनिबार

म्याग्दी २३ बैशाख। नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन भएका छन् । बेनीस्थित पाटी कार्यालयमा भएको वाईसिएलको दोस्रो नगर सम्मेलनबाट पुनःपौडेलको नेतृत्वमा २१ सदस्य नगर कमिटि चयन गरिएको हो ।

शनिबार बेनीमा भएको नगर सम्मेलनबाट कमिटिको उपाध्यक्षमा कृष्ण छन्त्याल, सचिवमा गोकुल सुनार, सहसचिवमा सुजल केसी, कोषाध्यक्षमा अनिषा जिसी रहेको नेतृत्व चयन गरिएको छ ।

कमिटिको सदस्यहरुमा सरस्वती शर्मा, अजय कार्की, दिपेश कुवँर, दिपक खत्री, विशाल परियार, टिकाराम सुवेदी, मोहन रोका, इन्द्र छन्त्याल, भरत खत्री र लालबहादुर मिजार लगायत रहेको नगर कमिटि गठन गरिएको छ ।

दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र) जिल्ला संयोजक सुविन जुग्जालीले नगरको विकासमा युवाहरु एकजुट गराएर अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले भातृसंगठनले संगठन विस्तारसंगै पाटीको सिद्धान्त र ऐजण्डालाई कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो ।

त्यस्तै गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारी, प्रदेश क का संयोजक कुशल पौडेल, नगर कमिटी अध्यक्ष शेरबहादुर केसी, वाईसिएलका केन्द्रिय सदस्य नगेन्द्र केसी लगायत भातृसंगठनका नेताहरुको उपस्थितमा सम्मेलन सम्पन्न गरिएको थियो ।