बेनी, ६ चैत । सदरमुकाम बेनीमा जारी लिग फुटबल प्रतियोगिताको उपाधी लागि फाईनलमा मंगलबार कालीपुल युनाईटेड क्लव र पश्चिम म्याग्दी भिड्ने भएका छन् । खुल्लामञ्चमा सोमबार भएको सेमिफाईनलमा कालीपुल युनाईटेडले बुद्ध युवा क्लवलाई र पश्चिम म्याग्दीले मनसुन युवा क्लव चुत्रेनीलाई पराजित गर्दै फाईनलमा उपाधीका भेट पक्का गरेका हुन् ।
म्याग्दी कप– २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि सुरु भएको लिग फुटवलको फाईनल सोमबार ११ बजे हुने लिग फुटबलका सल्लाकार कृष्णकुमार विश्वकर्माले बताउनुभयो ।
सोमबार भएको सेमिफाईनलमा कालीपुल युनाईडले बौद्ध युवा क्लवलाई ९१–१० को बराबरीमा पेनाल्टी सुटआउटमा ९३–२० ले र पश्चिम म्याग्दीले मनसुन युवा क्लव चुत्रेनीलाई ९३–३० को बराबरीमा पेनाल्टी सुटआउटमा ९४– ३० ले गोल अन्तरमा पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।
प्रतियोगितामा विजेताले एक लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने द्धितिय हुनेले ७० हजारसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जानकारी दिनुभएको छ ।
लिग फुटवल प्रतियोगितामा अनुशासित क्लव र उतकृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उतकृष्ट गोलकिप्पर र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, बेष्ट युवा खेलाडीलाई ५ हजार रुपैयासहित ट्रफी र म्यान अफ द खेलाडीलाई नगद २ हजारसहित ट्रफीले पुरस्कृत गरिने छ ।
लिग फुटवल प्रतियोगिता आयोजनाले जिल्लामा एन्फा निर्माणका लागि सहयोग पुग्ने आयोजकले जनाएको छ। आमन्त्रित म्याग्दी जिल्ला लिग फुटवल प्रतियोगितामा १० क्लवको सहभागिता रहेको थियो ।