मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ को छोटो समयमा चर्चा (भिडियो सहित)
काेराेला पोस्ट फाल्गुन २४, २०७९ बुधबार

म्याग्दी २४ फागुन । मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ छोटो समयमा चर्चा कमाएको छ । दिपक अधिकारीको शब्दमा तयार भएको गीतलाई प्रवेश पौडेलले भाका संकलन गरेका हुन् । मौलिक गीत मौलिक शैलीमा भिडियो तयार भएको गीतबाट निकै आशा गरिएको गीतका सर्जक दिपक अधिकारी बताउँछन् ।

प्रवास रहेर गीत संगीतलाई माया गर्ने गायक प्रवेश पौडेल गीत चर्चासँगै दंग छन् । गीतमा टिका सानु, प्रवेश पौडेल र श्याम क्षेत्रीको आवाज रहेको छ । प्रविन थापाले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा, अर्जुन सापकोटा, स्मारिका ढकाल, रविना भण्डारी, टिका सानु ले कम्मर मर्काएका छन् ।

(15) Chyappa Parbate Maya – Tika • Prabesh • Shyam • Arjun • Durgesh • Smarika • Rabina• Typical Ratyauli – YouTube

राम केसीले छायाँकन गरेको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् । उक्त गीत बाबा इन्टरटेन्मेन्ट युटुबच्यानल मार्फत मंगलबार सार्वजनिक गरिएको छ । प्रवासमा रहेका तिलु शर्माले यस गीतलाई निर्माण गरेका हुन् । उक्त सार्वजानिक गीत एक दिनमा एक लाख बढी दर्शकको साथ पाएको छ ।