रेशम जुग्जालीलाई उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयको जिम्मेवारी
काेराेला पोस्ट माघ १०, २०७९ मंगलबार

म्याग्दी, १० माघ । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहा मगरलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जाली उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री, राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।कार्यविभाजन भएसँगै आजै सपथ ग्रहणको तयारी भएको छ ।