राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त
काेराेला पोस्ट माघ ९, २०७९ सोमबार

म्याग्दी, ९ माघ । म्याग्दीका डा. मिनबहादुर श्रेष्ठ राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा नियुक्त भएका छन् । बेनी नगरपालिका– ४ सिंगाका श्रेष्ठलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

योजना आयोगमा नवनियुक्त श्रेष्ठलाई आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए । श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।