बाख्रापालनमा ब्यस्त हेमबहादुर रोका
Koralapost फाल्गुन १३, २०७७ बिहीबार

म्याग्दी, फागुन १३ गते । गाउँमा रहेको प्रशस्त बनजंगललाई सदुपयोग गर्दै म्याग्दीको मालिका गाउँपालिका –६ खुबाङका हेमबहादुर रोकाले ब्यावसायीक रुपमा बाख्रापालन गरेका छन् र्। स्थानीय स्रोतसाधन प्रयोग गरेर निर्माण गरेको खोरमा ब्यवस्थित रुपमा बाख्रापालन गर्दै आएका छन् ।

२०६४ सालमा विपन्न परिवारलाई २ हजार अनुदान र आफनो लगानीमा दुईवटा पाठाबाट सुरु गरेको बाखा्रपालन रहरलाग्दो भएको छ । एक सय भन्दा बढी बाख्रा पाल्दै आएका रोकाको दैनिकी कर्मचारी कार्यालय गएजस्तै दिनहुँ वनतिर बाख्रा चराउन जाने बनेको छ । उमेरले ६० बर्ष भइसकेका रोकाले २०७३ सालदेखि ८ लाख खर्च गरेर ब्यवस्थित खोर निर्माण गरेका छन् । प्रदेश अन्तरगतको भेटेरीनरी तथा पशु कार्यालयबाट १ लाख अनुदान पाएको उहाँले बताउनुभयो ।

बाख्रालाई ब्यवस्थित खोर तर आफुलाई खरको छानो हालेर बास बनाएका रोकाले बाख्रापालन ब्यवसाय निरन्तर गर्ने योजना छ । बाख्रपालनबाट खशी, बोका, पाठा बचेर घरखर्चसंगै बार्षिक २ लाख रुपैयासम्म आम्दानी हुने गरेको रोकाले बताए । विभिन्न समयमा बोका, खशी र पाठापाठी गोठबाटै विक्रि गर्छु, बजारको समस्या समेत छैन रोकाले भने । नगदे बालीको रुपमा परिचित उहाँको बाख्रापालनमा श्रीमती जैशरा रोकाले साथ दिनु भएको छ । ‘

जिल्लामा ब्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका कृषकलाई भेटेनरी सेवा र बजार ब्यवस्थाको लागि स्थानीय सरकारले ध्यानदिनुपर्ने देखिन्छ ।