भण्डारीको कृषि कर्म
Koralapost फाल्गुन १३, २०७७ बिहीबार


म्याग्दी, फागुन १३ गते । म्याग्दीको रघुगंगा गाउपालिको– ३ फुलवारीका दम्पती इन्द्रबहादुर र सुनिता भण्डारी कृषि कर्ममा ब्यस्त छन् । पौरख र परिश्रम गरे स्वदेशमै कृषि खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण भण्डारीको कृषि कर्मले पुष्टि गरेको छ । ब्यवसायिक रुपमा मौसमी र बेमौसमी फलफूल र तरकारी खेतीबाट बार्षिक ४ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।


ब्यवसायिक फलफूल तथा तरकारी खेतीमा केरा, सुन्तला आलु, साग, टमाटर, च्याउ, प्याज, मुला लगायतको व्यवसायिक खेती गरेर स्वदेशमै राम्रो आम्दानी गर्न सफल भएका छन् ।
यसबर्ष बैमासमी २५ मुरी आलु उत्पादन गरेको कृषक सुनिता भण्डारीले बताईन । बेमौसमी रुपमा उत्पादीत बस्तुले राम्रो बजार पाएको बताईन । सडक लगायतको सुविधाले उनले उत्पादन गरेको मौसमी तथा बेमौसमी फलफूल तथा तरकारी खेतीलाई बजारीकरण गर्न सहज छ ।


साउदी कतारको रोजगारीलाई त्यागेर इन्द्रबहादुर भण्डारीले परिवारसंग रहेर राम्रो आम्दानी गर्न सफल भएका छन् । कृषि खेतीको लागि योग्य माटो, सिचाँइ सुविधा र आवश्यक प्राङ्गारिक मलका लागि भैँसी, बाख्रा कुखरा, हासँ टर्की पालेर पु¥याएका छन् ।