कालिगण्डकीमा ¥याफ्टिङ सुविधा
काेराेला पोस्ट पुस १८, २०७९ सोमबार

म्याग्दी, १८ पुस । सदरमुकाम बेनीस्थित कालिपुल वसपार्कमा कालिगण्डकी नदीमा ¥याफ्टिङ सुविधा सहितको होटल सञ्चालनमा आएको छ । रघुगंगा गाउँपालिका ७ चिमखोलाका गमबहादुर पुनले कालिगण्डकी नदी किनारमा सञ्चालनमा ल्याएको होटल गण्डकी एण्ड रेष्टुरेण्टको आइतबार म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले उद्घघाटन गर्नुभयो ।
कालिपुल वसपार्कमा नयाँ होटलले पर्यटकका लागि थप सुविधा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । होटलले कालिगण्डकी नदीमा ¥याफ्टिङ सुविधालाई निरन्तर गरेमा पर्यटकको आगमन बढने शाक्यले बताउनुभयो ।