मुख्यमन्त्री कपमा म्याग्दीको दुवै टिम सेमिफाइनलमा
Koralapost फाल्गुन ६, २०७७ बिहीबार


म्याग्दी, ६ फागुन । गण्डकी प्रदेशको केन्द्र पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिवल २०७७ अन्तर्गत म्याग्दीको दुवै टिम सेमिफाईनलमा प्रवेश गरेको छ । कास्की जिल्ला भलिवल संघद्वारा आयोजित प्रतियोगितामा उतकृष्ट खेल प्रर्दशन गर्दै सेमिफाईनलमा प्रवेश गरेका हुन् ।


दुवै टिमले सेमिफाईनलमा तनहुँसंग सामना गर्ने छ । सोझो सेटमा पुरुषतर्फ कास्कीलाई र महिलातर्फ स्याङ्जालाई हराउदै सेमिफाईनलमा प्रवेश गरेको प्रशिक्षक तेजेन्द्र बाँनियाले जानकारी दिए ।
महिलातर्फ शुक्रबार विहान हुने सेमिफाईनलमा म्याग्दीले तनहुँको सामना गर्नेछ । म्याग्दीको टिममा नेपाली महिला भलिवलकी टिमकी कप्तान अरुणा शाही र राष्ट्रिय टिमकी खेलाडी कमला पुन रहेका छन । पुरुषतर्फको सेमीफाइनलमा म्याग्दीले तनहुँसंग शुक्रबार दिउँस ३ बजे खेल्ने छ । भने टिमको नेतृत्व गण्डकी प्रदेश भलिबल टिमका सटर सुजन चोखालले गरेका छन् ।

बिहिवार सम्पन्न खेलमा म्याग्दीले स्याङजा सँगको भिडन्तमा २–० को सोझो सेटमा स्याङजालाई पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । म्याग्दीले पहिलो सेट २५–०५ ले आफ्नो कव्जामा पारेपनि दोश्रो सेटमा भने २८–२६ ले संघर्षपूर्ण जित निकालेको थियो । म्याग्दीले कास्कीलाई २–० को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइनलमा तनहुँसँग भेट पक्का गरेको हो । म्याग्दीले कास्कीलाई २५–१९ र २५–१२ को सोझो सेटमा पराजित गरेको थियो । खेल प्रशिक्षक बाँनियाको नेतृत्वमा रहेको दुवै टोलीले उतकृष्ट खेलकौशल प्रस्तुत गर्दै सेमिफाईनल यात्रा तय गरेका हुन् ।


प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १–१ लाख पुरस्कार प्राप्त गर्नेे छ । तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पाउने छन् ।