म्याद गुर्जिएका तयारी खाना गाउँगाउँमा
Koralapost फाल्गुन ५, २०७७ बुधबार

म्याग्दी, ५ फागुन । सडक सुविधाको विस्तारसंगै म्याद गुर्जिएका तयारी खाना गाउँगाउँमा पुगेका छन् । गाउँमा उत्पादन भएका बस्तुहरु निर्यात बढी हुने भन्दा गुणस्तरहिन खाद्यान्न गाउँ गाउँमा पुग्ने गरेको छ । तिनतहको सरकारले सडकलाई बस्तीबस्तीमा पु¥याएपछि तयारी खाना गाउँगाउमा पु¥याउन सहज भएको छ । गुणस्तर खाद्यान्न, दैनिक आवश्यक सामाग्री र स्वास्थ्य सुविधाका लािग सहज बनाउन सडकलाई प्राथमिकता जनप्रतिनिधिको थियो । तर प्रभावकारी अनुगमन नहुदाँ स्वास्थ्यमा असर गर्ने म्याद नागेका खाद्य सामानहरु पछिल्लो समय गाउँमा पुगेर विक्रि भएको रघुगंगा गाउँपालिका –३ राखु भगवतीका नरबहादुर भण्डारी बताउछन् ।


उत्पादित बस्तुहरुको बजारमा ल्याएर ब्यापार हुनेभन्दा बजारको तयारी खाना गाउँगाउँमा पुग्ने बढी छ । गाउँगाउँमा आवश्यकताभन्दा बढी तयारी खाना (जंकफुड) छुट दिएर गाउँ गाउँ पु¥याउदै आएको अनुगमनले देखाएको छ । रघुगंगा गाउँपालिका – १ बेगमा वेगखाेला युवा जागरण अभियानका युवाहरुकाे सक्रियतामा र प्रशासनको सहयोगमा पसल अनुगमन गरेर म्याद गुर्जिएका सामाग्री हटाउने गरेकोस्थानीय युवा दलप्रसाद तिलिजाले जानकारी गराए । पसलहरुलाई सामानहरु राख्दा म्याद हेरेर राख्न स्थानीय युवाहरु ब्यवसायीलाई आग्रह समेत गरेको तिलिजाले भने । गाउँमा पसलहरुको अनुगमन गर्ने भन्दापनि ब्यवसायीहरु सचेत हुनुपर्छ– भण्डारीले भने ’गाउँमा उत्पादित बस्तुहरुको महत्व नबुझ्दा पछिल्लो समय बजारीया बस्तुहरुले गाउँका चुलोमा बढी पाक्ने गरेको छ। ’
गाउँमा नुन, खुर्सानाी, तेल र चामल बाहेक अन्य अनावश्यक बस्तुहरु बढी आएको छ, उनले भने । सवारीसाधन नपुगेको ठाउँमा खच्चडको सहायतामा लमसुङ गुर्जा, कुईनमंगले, कुइनेखानी लगायतका पर्यटकियस्थलमा जंकफुड पुग्ने गरेको छ । चाउचाउ, विस्कुट, कुरकुरे, मिठाई, पिय पदार्थ, मध्यपान धुम्रपान लगायतका बस्तुहरु अत्याधिक रुपमा गाउँगाउँमा पुग्ने गरेको खाद्य प्रविधि कार्यालय बागलुङका केदार पौडेलले बताए । पछिल्लो समय सदरमुकाम बेनीबजारमा घरेलु कार्यालय नेतृत्वमा गरिएको अनुगमनमा म्याद गुर्जिएका सामाग्री बेचिरहेको भेटिएको थियो ।

गाउँगाउँमा पुग्ने म्याद नागेका बस्तुहरु नियन्त्रण गर्न स्थानीय सरकारले प्रभावकारी अनुगमन गनुपर्छ । गाउँमा स्वास्थ्य र विकास पुर्वाधार निर्माणका लागि सहज बनेको सडक हो । तर सडकसंगै लापरबाही रुपमा पुग्ने तयारी खानाको गुणस्तर चेकजाचँमा स्थानीय सरकार गम्भिर बन्नुपर्ने स्थानीयहरुको बढी माग छ ।
तस्विर ः रघुगंगा गाउँपालिका–१ बेगमा वेगखाेला युवा जागरण अभियानका युवाहरुको सक्रियतामा पसलबाट निकालिएको म्याद सिद्धिएका सामानहरु । दलप्रसाद तिलिजा ।