म्याग्दीमा समानुपातिक मतगणना सम्पन्न
काेराेला पोस्ट मंसिर १०, २०७९ शनिबार

बेनी, १० मंसिर । म्याग्दीमा समानुपातिक मतगणना सम्पन्न भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतितिनिधि र प्रदेशसभाको मतगणना शुक्रबार सकेको छ । प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचतमा ५० हजार ३७८ मत खसेको थियो । प्रतिनिधि सभामा ४७ हजार ७३२ मत सदर र २ हजार६४६ मत वदर भएको छ ।

प्रतिनिधिसभाको समानुपाति तर्फ नेकपा एमालेले १८ हजार २७३ मत, नेपाली कांग्रेसले १३ हजार ६९३ मत, नेकपा माओवादी क्ेन्द्रले ९ हजार ७० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ५७९ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाले एक हजार २५३, मंगोल नेशनल अर्गनाइजेशनले ९१९, नेकपा एकीकृत समाजबादीले २८५ मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको समानुपातिक तर्फको ४९ हजार ५४० मत खसेकोमा ४६ हजार ४८० मत सदर र तीन हजार ६० मत वदर भएको छ । नेकपा एमालेले १९ हजार १२९, नेपाली कांग्रेसले १५ हजार ७३३, नेकपा माओवादी केन्द्रले सात ४०३, राप्रपाले एक १४२, नेकपा एकीकृत समाजबादीले ४८४, मंगोल नेशनल अर्गनाइजेशनले एक हजार २४७, जनमोर्चाले २४९ प्राप्त गरेका छन् ।