म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनको विजयी ¥याली
काेराेला पोस्ट मंसिर ८, २०७९ बिहीबार


म्याग्दी, ८ मंसिर । म्याग्दीको सदरमुकाम बेनीमा बाम–लोकतान्त्रिक गठबन्धन विजयी ¥याली गरिएको छ। प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार विजयी भएपछि नेता तथा कार्यकताले विजयी जुलुस निकालेका हुन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर), प्रदेश (क) मा नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारी र प्रदेश ख मा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) विजयी हुनुभएको थियो । गाउँ–गाउँमा नेता तथा कार्यकताको उपस्थितमा बजार परिक्रमा गरेर जितको खुशीयाली मनाएका छन् ।