म्याग्दी प्रदेश ‘ख’ मा माओवादीका जुग्जाली निर्वाचित
काेराेला पोस्ट मंसिर ७, २०७९ बुधबार

म्याग्दी, ६ म्याग्दीको प्रदेश ‘ख’मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली मगर ‘सुविन’ निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका जुग्जालीले ९ हजार ४५४ मत प्राप्त गर्दै निर्वाचित बनेका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका यामबहादुर गर्बुजालाई १०१ मतान्तरले पछि पार्दै जित निश्चित गरेका हुन् । गर्बुजाले ८ हजार ३५३ मत प्राप्त गरेका छन् । ३९ वर्षीय रेशम यसअघि मालिका गाउँपालिका ७ विमका वडाध्यक्ष रहेका थिए ।

प्रतिनिधि सभा सदस्यमा गठबन्धनका नेपाली कांग्रेसका सभापति खमविर गर्वुजाले अग्रता कायम गरिराख्नुभएको छ । प्रतिस्पर्धामा नेकपा एमाले नेता हरिकृष्ण प्रतिस्पर्धामा रहनुभएको छ।