पुनहिलमा आन्तरिक पर्यटकको चहलपहल सुरु
Koralapost फाल्गुन ४, २०७७ मंगलबार


म्याग्दी, ४ फागुन । कोरोना भाईरसको त्रासविच भएको लगडाउन खुलेपछि म्याग्दीका पर्यटकियस्थलमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ। आन्तरिक तथा बाह्य पर्यटकको घुईचो लाग्ने जिल्लाको उत्तरी क्षेत्र अन्नपुर्ण गाउँपालिकामा ६ स्थित रहेको पर्यटकियस्थल पुनहिलमा आन्तरिक चहलपहल सुरु भएको छ।


पुनहिलबाट विहान सुर्य उदाएको र दर्जनौ हिमालहरुको मनोरम दृष्यहरुको अवलोकन गर्न आन्तरिक पर्यटकहरु दिनको १५÷२० आउने गरेको घोडेपानीमा होटल ब्यवसायी टेकसर बुद्धुजा पुनले बताए । समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा लगडाउनपछि बाह्य पर्यटकको आगमन छैन, आन्तरिक पर्यटक फ्याटफुट्ट आउने गरेको पुनले बताए ।


घना गँुरासे जंगलको बिचमा रहेको थुम्कोमा अवस्थित पुनहिलबाट सुर्योदयका साथै धौलागिरि, अन्नपुर्ण माछापुच्छे मनासुलु, गुर्जा, चुरेन, निलगिरि लगायतका १६ बटा हिमाललाई नजीकबाट अवलोकन गर्न सकिन्छ । सुर्यदय, पहाडी भुगोल, शान्त बाताबरण र दजनौ मनोरम हिमशृङ्खलालाई एकै ठाउँबाट अवलोकन गर्न सकिने पुनहिलमा लगडाउन खुलेपछि आन्तरिक पर्यटकहरु होटल सुविधाहरुले घोडेपानी रोजेर पुग्ने गर्छन ।

स्वादेश तथा विदेशबाट भ्रमणमा आउने आन्तरिक पर्यटकहरुको सुविधाका लागि घोडेपानीमा दैनिक ७०० जना क्षमताको २५ वटा होटल संचालनलमा रहेका घोडेपानीमा होटल ब्यवसायी टेकसर बुद्धुजा पुनले बताए । विदेशी पर्यटकलाई लक्षित गरेर संचालनमा रहेका होटलहरु कोरोना भाईरसले गर्दा पर्यटक नआउदाँ लगानी अनुसारको आम्दानी होटल ब्यवसायीको गुमेको छ। तस्विरः झलक घिमिरेको फेसबुकबाट साभार ।