प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काग्रेसद्वारा विरोध प्रर्दशन
Koralapost फाल्गुन ३, २०७७ सोमबार


म्याग्दी, ३ फागुन । प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध नेपाली काग्रेसले बेनीमा विरोध प्रर्दशन एवम् सभा गरेको छ । संगमचोक पाटी कार्यालयबाट सुरु गरिएकोे विरोध प्रर्दशन जिल्ला प्रशासन कार्यालय अगाडी विरेन्द्रचोकमा सभामा परिणत गर्दै सरकारको आलोचना गरेका थिए ।


विरेन्द्रचोकमा भएको सभामा केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य इश्वरी न्यौपाने लगायतका जिल्लाका नेताहरुले कार्यकर्तामाझँ सरकारले तिन बर्ष खेर फालेको मन्तव्य राखेका थिए ।
सरकारको विरोधसंगै जिल्लामा काँग्रेसको शक्ति प्रर्दशन भएको युवा नेता एवम् पाटीका जिल्ला सहसचिव भरत रकालले बताए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै जिल्लामा काँग्रेसले निरन्तर विरोधको आन्दोलन गर्दै आएको छ ।