प्रदिप र प्रकाशको सम्बन्ध गितमार्फत सार्वजानिक
काेराेला पोस्ट फाल्गुन २, २०७७ आईतबार


म्याग्दी, २ फागुन । रोजगारिको शिलसिलामा युएई पुगेका म्याग्देली प्रकाश कार्की र प्रदिप सुबेदीले लोक दोहोरी गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन । प्रणय दिवसको अबसर पारेर रिलिज गरिएको भिडियो प्र नामको युटुब च्यानलबाट रिलिज गरिएको छ ।


उक्त मुजिक भिडियो मा “पूर्वको फुल पश्चिम फर्केको मैले धोका दिएकै हैन नि तिमी आँफै हो नि तर्केको“ गीतको बोल रहेको छ । मिठो स्वरका धनी म्याग्देली गायक झलक बिरही थापा र लक्ष्मी घतानले स्वर दिएका छन् । प्रणय दिवसको अबसर पारेर रिलिज गरिएको भिडियोको निर्देशन मोना युएई का अध्यक्ष सुबास राम्जाली ले गरेका छन् भने छायांकन र सम्पादन निरोज लामाको छ।

मार्मिक शब्द र संगितले भरिपूर्ण यस गीतमा प्रदिप सुबेदी प्रकाश कार्की र सुस्मिता गुरुङ ले अभिनय छ । यो गितको शब्द प्रदिप सुबेदीले लेखेका हुन् । भिडियो मनोरम शहर दुबई मा छायाँकन् गरिएको हो ।