पत्रकार बानियाँ ‘मिडिया सोसाईटी अवार्ड’द्वारा सम्मानित
Koralapost माघ २९, २०७७ बिहीबार


म्याग्दी, २९ माघ । क्रियाशील पत्रकार प्रताप बानियाँ बिहीबार ‘मिडिया सोसाईटी अवार्ड’द्वारा सम्मानित भएका छन् । म्याग्दी मिडिया सोसाईटीको चौथो वार्षिक साधारण सभाको अवसरमा सोसाईटीद्वारा स्थापित मिडिया अवार्डबाट बानियाँ सम्मानित भएका हुन् ।

????????????????????????????????????

म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री र संस्थापक सदस्य एवं नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले बानियाँलाई दोसल्ला ओढाई नगद सातहजार एकसय पचास रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका हुन् । पत्रकार बानियाँलाई म्याग्दीमा रहेर विगत एक दशकदेखि पत्रकारिताको माध्यमबाट जिल्लाको पर्यटन, कृषि, विकास निर्माण, जलविद्युत, शिक्षा, स्वास्थ्यलगायत मिडिया सोसाईटीको संस्थागत विकासमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको म्याग्दी मिडिया सोसाईटीले जनाएको छ ।

बेनी नगरपालिका–५, चिप्लेटी स्थायी घरभई हाल बेनीबजारमा बसेर पत्रकारिता गर्दै आइरहेका बानियाँ स्थानीय रुप्से दैनिक पत्रिकामा सहसम्पादक, सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन तथा उज्यालो रेडियो नेटवर्क र नेपाल समाचारपत्रको जिल्ला संवाददाताको रुपमा कार्यरत छन् ।