म्याग्दी, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले अव यो देश बचाउने र बनाउने एक मात्र पाटी राप्रपा भएको बताए । म्याग्दीको सदरमुकाम बेनीमा मंगलबार आयोजना भएको पाटी प्रवेश तथा बृहत आमसभा कार्यक्रममा सम्वोधन गर्दै लिङ्देनले नेपाललाई बचाउने र बनाउने एक मात्र पाटी राप्रपा भएको बताएका हुन् ।

नेपाली जनतालाई पर्खने र हेर्ने सुविधा छैन् । देशको नेतृत्वमा सक्षम पाटी छान्ने जिम्मा जनतामा आएको बताउदै आगामी निर्वाचनमा राप्रपा पाटीलाई मतदान गर्न लिङ्देनले आग्रह गरे । “देशमा कांग्रेस र कम्युनिष्टको नेतृत्वको सरकारले भष्ट्रचार, महङ्गी बढाएर युवालाई विदेश पलायन गर्न बाध्य बनाएको छ”, उनले भने– “आगामी निर्वाचनमा कांग्रेस कम्युनिष्टलाई मतदानको बाकसमा खाली गराएर काठमाण्डौ र धरानजस्तै देशैभरी खाली गराउने जिम्मा जनताको हातमा रहेको छ ।” देशभरीका जनता जागरुक भएर भष्ट्रचारमा लिप्त कांग्रेस र कम्युनिष्टलाई सुधार्न आगामी मंसिर ४ गतेको निर्वाचनमा राप्रपालाई रोज्न आग्रह गरे ।

भष्ट्रचारलाई सामान्य मान्दा देशमा जनताले दुख पाएको बताउदै नेता र नेतृत्व सुधार्न जनता जागरुक बन्नुपर्नेमा जोड दिए । विगतका निर्वाचनमा सही नेता र पाटीलाई नेतृत्वमा पु¥याउन नसक्दा युवाहरु रोजीरोटीको लागि वैदेशीक रोजगारमा जान बाध्य भएको नभुल्न जनतालाई आग्रह गरे ।

दुई ठुला पाटीले लामो समय नेतृत्व लिएपनि स्वदेशमा एक हजार युवालाई रोजगार दिने उद्योग संचालन गर्न नसकेको बताउदै भएको उद्योगधन्दा बन्द गराएको आरोप लगाए । ‘युवाहरुलाई उद्योगी बनाउन खोजेका छैनन्, कांग्रेस कम्युनिष्टले युवालाई पाटीको कार्यकर्ताको रुपमा मात्रै विकास गरेको छन ।’

“जनता सुध्रिने समय आएको छ । एउटा नेतालाई कति चोटी नेतृत्वमा पुगेपछि देश परिर्वतन हुन्छ ? हरेक पटकपटक नेतृत्वमा पुगेका देश विकास गरेका छन् वा छैनन्”, उनले भने । “यस पटकको चुनावमा सही नेतृत्व चुन्ने जिम्मा जनतामा आएको छ ।” देशको नेतृत्वमा पुगेर भष्ट्रचार गर्नु भनेको आमा रगत खानु बराबर भएको बताए ।

राप्रपा म्याग्दीको अध्यक्ष विरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा गण्डकी प्रदेशका अध्यष पञ्चमान सिह, पाटीका केन्द्रिय सदस्य भिमप्रसाद गौचन, जगत गौचन लगायतले मन्तव्य राखेका थिए । खुल्लामञ्चमा भएको आमसभामा विभिन्न पाटी परित्याग गरी आएका नेता तथा कार्यकर्तालाई अध्यक्ष लिङ्देनले फूलमालाले सम्मान गर्दै पाटी प्रवेश गराएका थिए ।


