इमान्दारिता हुनु त यस्तो– भेट्टाएको सुनको सिक्री फिर्ता
काेराेला पोस्ट भाद्र २१, २०७९ मंगलबार

बेनी, २१ भदौ । रघुगंगा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा एक तोलाको सुनको सिक्री भेट्टाएकी थिइन्। उनले भेट्टाएको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाइन्।

पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीले प्रमाणसहित हराएको सुनको सिक्री दाबी गरेर दिउँसो प्रहरी कार्यालयमा आएका थिए।सो सिक्री अधिकारीको भएको पुष्टि भएपछि केसीले हस्तान्तरण गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।