‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई
काेराेला पोस्ट भाद्र ४, २०७९ शनिबार


म्याग्दी, ४ भदौ । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजनक एभरग्रीन युवा क्लवले जितेको छ ।

सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा आयोजित प्रतियोगिता अन्तरगत शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३ विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सो उपाधी जितेको हो ।

उपाधी विजेता एभग्रीनले नगद ८५ हजार ५५५ रुपैयाँसहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी, दोस्रो हुने मालिका युवा क्लवले नगद ४५ हजार ५५५ रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको हो ।

प्रतियोगितामा विजेता र उपविजेतलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्ग ( दिपक मनाङ्गे) र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले ट्रफी सहितको पुरस्कार वितरण गर्नुभएको थियो ।

त्यस्तै, प्रतियोगितामा आयोजक एभरग्रीन युवा क्लवका कमल थापा मगर उतकृष्ट खेलाडी, आशिष गुरुङ उतकृष्ट डिफेन्डर, सन्दिप शेरपुञ्जा उतकृष्ट कोच, निशान राम्जाली उतकृष्ट गोलरक्षक, मनिष श्रेष्ठ धेरै गोल गर्ने खेलाडी र मालिका युवा क्लवका राहुल थापा वेष्ट मिल्डफिल्डर घोषित भएका थिए । उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

भदौ १ गतेदेखि ४ गतेसम्म संचालन गरिएको प्रतियोगितामा २७ टिमको सहभागिता रहेको थियो।

(69) #Football_final, penalty shootout evergreen vs malika fc, 3-2 wineer Evergreen – YouTube

मन्त्री गुरुङले एभरग्रीन युवा क्लवलाई ५० हजार रुपैयाँ र जिल्लास्थित विभिन्न क्लवलाई खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।