खयर भारानी
काेराेला पोस्ट श्रावण २९, २०७९ आईतबार


म्याग्दी, २९ साउन । खयर भारानी प्रख्यात शक्तिपीठ हुन् । पाउद्वार गाउँको शिर (४,६३० मिटर) मा अवस्थित भारानीको दर्शनले मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ मा बसेकी भारानी । खयरतालको दक्षिणपश्चिम किनारामा छ उनको थान । खयर भारानीको पूजा प्रत्येक बर्ष ऋषितर्पणी (जनै पूर्णिमा ) का दिन भव्य रुपले गरिन्छ । भारानीसंग मनले सिताएको वर मागे पुरा हुन्छ ।

एक पटकको यात्रामा एउटा मात्र वर माग्नुपर्छ। ‘मलाई विधा, धन प्राप्ति र मनका सबै ईच्छा पु¥याइदिनुस’ भनेर एक पटक धेरै वर माग्दा फल प्राप्त नहुने जनविश्वास रहेको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका अगुवा राजु पुनले बताउनुभयो । ‘भारानीले भक्तजनको माग पुरा गर्छिन । ’

भारानी दर्शन गर्ने मौलिक विधि छ । जनै पूर्णिमा मेलामा बर्सेनि हजारौं भक्तजना उनको दर्शन गर्छन । उनलाई धजा, अक्षता फूल, गहना, सुनचाँदी, नरिवल र पाठा चढाउँछन् । मेला भर्नेहरु हरेह रात सेदो गीत ( खयर भारानीको महिमा ) गाउँछन् ।
प्राकृति हिसावले समेत खयर क्षेत्र सुन्दर छ । खयर क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण हिमश्रृंखला आँखैअघि देखिन्छन् । रमणीय ठाउँमा छिन् खयरभारानी । खयरतालको वातावरण पनि शान्त छ । ताल करिव १० हजार वर्ग मिटरमा फैलिएको छ।

पहिलापहिला जनै पूर्णिमाका दिनमा मात्र तीर्थालु खयर भारानी थान पुग्थे । अचेल बर्षैभरि स्वदेशी तथा विदेशीशरु पदयात्रा गर्छन । खयर क्षत्रेको विकास र प्रवद्र्धनमा ‘खयर भारानी थान तथा क्षेत्र संरक्षण कोष क्रियाशिल छ ।

खयरभारानी क्षेत्रमा पदमार्ग सुधार, धर्मशाला निर्माण, थान निर्माण लगायतको पुर्वाधार विकास, प्रचार र तीर्थालुको सेवकमा रुपमा समाजसेवी एवम् पुर्व बेलायति सेनाका लेफ्टिनेन्ट राजु पुनले नेतृत्व गर्दै आएका छन् ।

पाउद्धारवासीहरुले गाउँदेखि खयर लेकसम्म पुग्ने विभिन्न ठाउँमा पदमार्ग र चौतारी, बासस्थान तथा खानेबस्ने सुविधाका होटलहरु निर्माण गरेका छन् ।