रुम पहिरोमा एकै परिवारका ५ जनाको मृत्यु
काेराेला पोस्ट श्रावण १७, २०७९ मंगलबार


म्याग्दी, १७ साउन । म्याग्दीमा आज बिहान पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ। म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक तिलक भारतीका अुनसार मालिका गाउँपालिका–२ रुम तामेङमा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको छ।

‘प्रहरी टोली भर्खरै घटनास्थल पुगेको छ’, प्रनाउ भारतीले भने, ‘बेपत्ता ३ जनाको पनि शव भेटियो।’ यससँगै मृतकको संख्या ५ पुगेको छ। सबै जना एकै परिवारका हुन्। दुई घर एक गोठ पुर्ण रुपमा क्षति भएको छ । दूई छोराको सव विहान भेटिएको थियो ।

उनका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुरसहित उन्की पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र ७ वर्षीया छोरी अस्मी विकको निधन भएको हो ।

यस्तै त्यही ठाउँमा पहिरोले अर्काे घर पुर्दा २ जना घाइते भएका छन्। स्थानीय ६५ वर्षीय गोठे विक र उनकी पत्नी ६५ वर्षीय गोरी बिक घाइते अवसथामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।