रुमको तामेङ गाउँमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु, तीन वेपत्ता
काेराेला पोस्ट श्रावण १७, २०७९ मंगलबार


म्याग्दी १७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको गाजा तामेङमा पहिरोले तीन घर पुँरीदा दुई जनाको मृत्यु भएको छ भने तीन जना वेपत्ता भएका छन् । गयराती घरमाथिबाट खसेको पहिरोले तीन घर पुरीएका छन् ।

पहिरोमा पुरिएर नविन विक र राजन विकको मृत्यु भएको वडा सदस्य भक्तिबहादुर घर्ति मगरले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिरोमा घामबहादुर विक, राजु विक, रोजी विक वेपत्ता भएका छन् ।

विहानैदेखि स्थानीयबासीले वेपत्ता भएकाहरुको खोजी गरिरहेका छन् । बर्षा र पहिरोले खोजी कार्य प्रभावित बनेको छ । अहिले इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको जनाइएको छ ।