नेफस्कूनद्वारा बेनीमा सहकारीको कार्यकुशलता तथा सिकाई सम्वन्धी अन्तरक्रिया
काेराेला पोस्ट जेष्ठ १४, २०७९ शनिबार


म्याग्दी, १४ जेठ । सहकारीको जोखिम न्यूनिकरण गर्नका लागि तेस्रो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला शनिबार बेनीमा गरिएको छ । सदरमुकाम बेनीमा रहेका न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेफस्कूनको प्राविधिक सहयोगमा गण्डकी प्रदेश भित्रका नेफस्कुनमा आवद्ध १४ सहकारीका अध्यक्ष र प्रवन्धक लगायतको उपस्थितमा सहकारीको जोखिम न्यूनिकरण सम्वन्धी सिकाई ब्यवस्थापन कार्यशाला गरिएको थियो ।

न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष रामजीप्रसाद सुवेदीको अध्यक्षता भएको कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले उत्पादनसंग जोडिएका र जोडिन चाहने युवाहरुको लागि विना धितो सिपलाई धितो मानेर लगानी गर्ने वातावरण सहकारीले निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले धितो विना सिपलाई आधार मानेर लगानी गर्ने नीति निर्माण गर्न आग्रह गर्दै सिपलाई आधार मानेर लगानी गरेको रकमलाई सुरक्षित गर्न स्थानीय सरकार पनि जिम्मेवार बन्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सहकारीले लगानीमात्र सुरक्षित खोजेर हुदैन्, जनताको बचत पनि सुरक्षित हुने वातावरण तयार गर्न सहकारीलाई आग्रह गर्नुभएको छ ।

नेफस्कुनका बरिष्ठ अधिकृत भरतप्रसाद न्यौपानले सहकारी संस्थाको दिगो विकास, ब्यवस्थापन ब्यावसायिकरण र गुणस्तर सुनिश्चित गर्न राज्यको सहकारी नीति नियममा रहेर सहकारी संचालन गर्नुपर्ने बताउनुनभयो । उहाँले सहकारी संचालन मात्र भएर हुदैन् जोखिम न्युनिकरण र सेवाहरु विश्वासिलो छ वा छैन भन्ने विषयमा संचालन र कर्मचारीले ध्यान दिन आग्रह गर्नुभयो । न्यौपानेले सहकारीलाई विश्वासिलो र भरपर्दो रुपमा अघि बढाउन सहकारी सहकारी विचको सिकाई अनुभव र सुझाव सल्लाह आदानप्रदान गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशभित्रबाट विभिन्न जिल्लाका १४ सहकारीबाट उपस्थितलाई सिकाई ब्यवस्थापन कार्यशाला सम्वन्धी पानेले सहजीकरण गर्नुभएको थियो ।

सहकारीका कार्यवाहक अध्यक्ष सुवेदीको अध्यक्षता, संचालक सदस्य यामबहादुर जिसिको स्वागत तथा कार्यक्रम संयोजक ठकराज बरुवालको संचालनमा भएको कार्यक्रममा नवनिर्वाचित मेयर केसी र वडानम्वर ८ का वडाअध्यक्ष उत्तम कर्मचार्यलाई स्वागत एवम् सम्मान गरिएको थियो ।

लोमान्थाङमा ‘तिजी’को रौनक
मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालेका हुन् । दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ ।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दश वटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशी तिथीदेखि तीन दिन ‘तिजी’ पर्व मनाउने गर्दछन् । तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व भएको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्य छेवाङ रिङजिङ गुरुङले बताए ।
“दुई पालिकाका बासिन्दाका साथै तिजी पर्व मनाउन विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा लोमान्थाङमा आएका छन्” उनले भने, “तीजी पर्व संस्कृति र परम्परा मात्र नभएर पर्यटक भित्र्याउने माध्यम पनि बनेको छ ।” लोमान्थाङ दरबार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीको हितका लागि तीन दिनसम्म पूजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाउने गरिएको बताए ।
“प्राकृतिक प्रकोप, रोगव्याधी, महामारी, अनिकालजस्ता अनिष्ट नहोस् भन्ने कामना गरेर पूजाआजा गर्दछौ”, उनले भने “पहिलो दिन जमिनका देवीदेवता, दोस्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य र तेस्रो दिन राक्षसलाई लखेटेको अभिनय लामाले नृत्यमार्फत देखाउने गर्छन् ।” तिजीमा लामाहरुले देखाइने नृत्य विशेष आकर्षण हो । पोल्याण्डका दुई जना पर्यटक ल्याएर आएका हिमालयन वन्डर कम्पनीका पथप्रदर्शक कर्साङ शेर्पाले तिजी पर्व अवलोकनका लागि मात्र लोमान्थाङ आउने पर्यटक धेरै भएका बताए ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले तिजी पर्व अवलोकनका लागि ३०० भन्दा बढी विदेशी पर्यटक आएका बताए । स्वदेशी र विदेशी पर्यटकको बाक्लो उपस्थितिले लोमान्थाङमा रहेका ३५ वटा होटल भरिभराउ भएका छन् । यसअघिका दुई वर्षमा कोरोना भाइरसको महामारीका कारण पूजाआजा मात्र गरेर तिजी मनाएका थिए । पर्यटक आएका थिएनन् । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीलगायत विशिष्ट पाहुनाले पनि तिजी पर्व अवलोकन गरेको गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको भनाइ छ ।
माटोको पर्खालभित्र रहेको ७०० वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन लोमान्थाङको आकर्षण हो । उजाड पहाडको बीचमा समथर भूगोलमा रहेको लोमान्थाङका १३ औँ पुस्ताका राजाले तिजी पर्व मनाउन सुरुआत गरेका थिए ।

मोना पोर्चुगलद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ५ हजार युरो आर्थिक सहयोग
लिस्वन । पोर्चुगलस्थित रहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको। मोना पोर्चुगलद्वारा मंगलबार राजधानी लिस्वनमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनलाई पाँच हजार युरो भन्दा बढि सहयोग उपलब्ध गराएको हो ।
युरोप भ्रमणमा रहनु भएका पुनले मोना पोर्चुगलबाट प्राप्त आर्थिक सहयोगप्रति धन्यवाद दिदै युरोपमा रहनुभएका दाजुभाई तथा दिदिबहिनीलाई विदेशमा कमाएको पुँजी र सिपलाई स्वदेशमा लगानी गर्न आग्रह गर्नुभएको थियो ।

गोरु काट्दै गरेको अवस्थामा नौजना पक्राउ
म्याग्दी, १४ जेठ । म्याग्दीमा गोरु काट्दै गरेको अवस्थामा नौजना पक्राउ परेका छन् । मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा सोही गाउँपालिका–६ दुखुबेसीका नौजनालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई दुईवटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक राजन ढकालले जानकार दिए । प्रकाउ परेका ५ महिलासहित ९ जनालाई पशुपंक्षी सम्वन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भएको सूचना अधिकारी ढकालले जानकारी दिएका छन् ।