अन्नपूर्ण गाउँपालिकामा एमाले बिजयी
काेराेला पोस्ट जेष्ठ ५, २०७९ बिहीबार


म्याग्दी, ५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एमाले बिजयी भएको छ । अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भारतकुमार पुन – भरत) र उपाध्यक्षमा दिवाकुमारी तिलिजा पुनले विजयी हुनुभएको छ ।

अध्यक्षमा विजयी पुनले ४ हजार ५८ मत र उपाध्यक्षमा तिलिजाले ४ हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । अध्यक्षमा प्रतिस्पर्धी बलबहादुर तिलिजाले ३ हजार ३१६ मत र उपाध्यक्षकी प्रतिस्पधी ललिता तिलिजाले ३ हजार ३५८ मत प्राप्त गर्नुभएको थियो ।

१२ हजार २६ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ७ हजार ८०३ मत खसेको थियो । वडानम्वर १, २, ३, ७ र ८ वडामा एमाले र ४, ५ र ६ वडामा कांग्रेस विजयी भएका छन् । निर्वाचित हुने वडा अध्यक्षमा वडानम्वर १ मा दिलिपकुमार गर्बुजा, २मा ओमप्रकाश फगामी र ३मा रमेश पुर्जा, ४ मा लोकबहादुर फगामी ५ मा राजेश तिलिजा ६ मा रामबहादुर खड्का ७ माईलन पुर्जा र ८ मा खमबहादुर गर्वुजा बिजयी भएका छन् ।

अन्नपूर्णसंगै म्याग्दीका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । ४ वटा स्थानीय तहको प्रमुखमा एमाले र २ वटामा कांग्रेस विजयी भएका छन् ।