बेनपा–३ भकिम्लीमा नेकपा माओवादी केन्द्र बिजय
काेराेला पोस्ट जेष्ठ १, २०७९ आईतबार


म्याग्दी १ जेठ । बेनी नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । जारी मतगणनामा बेनपा–३, भकिम्लीमा माओवादी केन्द्रका पदमबहादुर पुनले ७०५ मत सहित वडा अध्यक्षमा विजय प्राप्त गर्नुभएको छ । वडा सदस्यमा माओवादी केन्द्रका दुपती छन्त्याल, ससिकला सुनार, रत्नबहादुर क्षेत्री र कांग्रेसका भिमबहादुर थापा निर्वाचित हुनुभएको छ ।

निर्वतमान वडा अध्यक्ष पुनले आफ्नो अपुरो काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हालसम्म बेनपा १ नेकपा एमाले, बेनपा २ नेपाली कांग्रेस र बेनपा ३ माओवादी केन्द्रले जितेको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रले नगरपालिका भित्र गठबन्धन गरेपनि सोचेजस्तो नतिजा निकाल्न सकेको छैन् । मेयरमा एमालेको उम्मेदवार अगाडी छ भने उपमेयरमा माओवादी केन्द्रको उम्मेदवार अगाडी छन् ।