९ महिनापछि खुल्यो मुस्ताङको पर्यटन तथा होटल ब्यवसाय
Koralapost पुस १६, २०७७ बिहीबार

म्याग्दी, १६ पुष । कोरोना भाईरसको त्रासले बन्द रहेको मुस्ताङको पर्यटन ब्यवसाय ९ महिनापछि खुलेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङकी प्रजिअ हिरादेवी पौडेलले पर्यटन लगायतको होटल ब्यवसाय सोमबारदेखि खुलेको जानकारी दिईन ।

बन्द रहेको मुस्ताङको पर्यटन क्षेत्र खुलाउन माग गर्दै होटल ब्यवसायी संघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएको थियो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको समन्वय प्रश्चात मुस्ताङको प्रजिअ सक्रियतामा जनप्रतिनिधि, स्थानीय तह, मुखिया र होटल ब्यवसायीसंगको छलफलबाट मुस्ताङमा पर्यटनकलाई आगमनलाई सोमबारदेखि खुलेको छ।

मुस्ताङको धार्मिकस्थल मुक्तिनाथ मन्दिर र तिर्थस्थल कागबेनीमा दर्शन खुलाउने तयारीमा छलफल भएको प्रजिअ हिरादेवी पौडेलले बताईन । पर्यटन क्षेत्र खुलेपछि आन्तरिक पर्यटक आउने संख्या बढ्दा होटल ब्यवसायी खुशी रहेको होटल ब्यवसायी खगेन्द्र तुलाचनले बताए । प्राकृति सुन्दर भु–बनोट, मुक्तिनाथ मन्दिर, दामोरकुण्ड, कोरला नाका, ७ सय बर्ष पुराना गुम्वा, गुफा, राजाको दरवार, दर्जनौ हिमाल, स्याउको बगैचाँ, थकाली, गुरुङ विष्ट लगायतको भेषभुषा र कलासस्कृति, माटाको घर, भेडा, चौरीको गोठ माटोको शहर लोमान्थाङ, तिब्बती कला संस्कृतिको अनुपम स्थल, आमपाल राजाको दरवार, फरक भू–बनोटको आकर्षणले बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षण मुस्ताङमा रहेको थियो ।

यही प्राकृतिस्रोतसंग जोडिएको म्याग्दी र मुस्ताङको पर्यटन कोरोना कारण ब्यवसाय धरापमा परेको थियो । बाहिरी जिल्लाबाट मुस्ताङ जान रोक लगाएका मुस्ताङबासी विभिन्न काममा जिल्लाबाहिर आवाजजावत तथा ब्यापार ब्यवसाय गर्ने कार्यहरु भईरहेको चौतर्फी विरोध गर्दै मुस्ताङको धार्मिक तथा पर्यटकिय क्षेत्रमा पर्यटकलाई खुल्ला आवातजावतको ब्यवस्था मिलाउन म्याग्दी होटल ब्यवसायीले माग गरेको थियो ।

मुस्ताङको पर्यटन क्षेत्रसंग गण्डकी प्रदेशको पोखरा, पर्वत, बागलुङ र म्याग्दीको होटल तथा पर्यटन ब्यवसाय निर्भर छ । हिमालपारीको जिल्लाको पर्यटन क्षेत्र खुल्दा यातायात ब्यवसायसंगै म्याग्दीको सदरमुकाम बेनी र पोखरेबगर, भुरुङतातोपानी दाना, काभ्रे र घासाको होटल ब्यवसाय राहत हुने देखिन्छ ।