मलम्पारका छन्त्याललाई उपचारमा आर्थिक समस्याः सहयोगको अपील
काेराेला पोस्ट बैशाख १६, २०७९ शुक्रबार


म्याग्दी, १६ बैशाख । जटिल रोगले ग्रसित भएका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका रनबहादुर छन्त्याललाई उपचारमा आर्थिक अभाव भएको छ । मल्कवाङस्थित मलम्पार स्थायी ठेगना भएका ३० बर्षिय युवा छन्त्यालमा मुटु, कलेजो, मृगौला र हाइड्रोशिलमा समस्या देखिएपछि परिवारले उहाँको उपचार गराउदै आउनुभएको छ ।

३० बर्षिय छन्त्यालको विगत ६ महिनादेखि उपचार भईरहेको छ । तर, थप उपचारका लागि परिवारमा आर्थिक समस्या छ । छन्त्यालको उपचारका लागि आर्थिक सहयोग गरिदिन उन्की श्रीमती रिया छन्त्यालले सबैमा अपिल गर्नुभएको छ ।

कमाउने र रमाउने परिवारको पालनपोषण जिम्मेवारीलाई कलिलै उमेरमा रनबहादुर छन्त्यालकी श्रीमतीलाई श्रीमानको उपचारको आर्थिक जुटाउन र दुई साना छोराको पालनपोषण र शिक्षादिक्षामा समस्या देखिएको छ । स्वदेश तथा विदेशमा रहेका म्याग्देली लगायत नेपाली दाजुभाईलाई आर्थिक सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।
थप जानकारीका लागि रिना छन्त्यालको मोवाईल नम्वर ः ९८४४९०२७३४