पर्यटकीय दुरलेकको गुराँसे जंगल
काेराेला पोस्ट बैशाख ३, २०७९ शनिबार


म्याग्दी, ३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा अवस्थित पर्यटकीय स्थल दुरलेकको जंगलमा ढकमक्क फुलेको लालीगुराँस। समुन्द्री सतहदेखि ३ हजार ४८३ मिटर उचाइमा अवस्थित दुरलेख हिमशृङखला र ग्रामिण भुगोलको अवलोकनका लागि प्रख्यात मानिन्छ ।

यहाँ नयाँ बर्ष वैशाख १ गतेका दिन आन्तरिक पर्यटकहरुको भिडभाड नै लाग्ने गर्छ । यो क्षेत्रमा अहिले गुराँसे जंगलले राताम्मे भएको छ । मनोरम हिमशृङखलासंगै गुराँसको वनले पर्यटकहरुलाई लोभ्याउने गरेको छ । यस क्षेत्रको पर्यटन विकासका लागि मालिका गाउँपालिकाले अग्रसरता देखाएको छ । म्याग्दी र बागलुङको सिमानामा पर्ने दुरुलेकमा नयाँबर्षमा रमाउने युवायुवती लगायतको भिड लाग्ने गर्छ । तस्वीर : धिरन खत्री